सेयर लगानीकर्ताहरूबाट ब्रोकर कार्यालयमा तालाबन्दी « Khabarhub

सेयर लगानीकर्ताहरूबाट ब्रोकर कार्यालयमा तालाबन्दी


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजारका लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा सेयर कारोबार गर्दा थप कर लगाएको भन्दै लगानीकर्ता आन्दोलित बनेका हुन् ।

आर्थिक विधेयकमार्फत सरकारले व्यावसायिक सेयर कारोबारसरह नै कर तिर्नुपर्ने जनाएपछि लगानीकर्ता केही दिनदेखि आन्दोलित छन् ।

उनीहरूले सरकारलाई करको दर परिमार्जन नगरी विद्यमान व्यवस्था लागू गर्न दबाब दिने उद्देश्यले ब्रोकर कार्यालयहरूमा ताला लगाएका हुन् ।

लगानीकर्ताले विद्यमान पुँजीगत लाभकर दीर्घकालीन ५ र अल्पकालीन ७ दशमलव ५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने अडान लिएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले भने  बुधबार नै सेयर कारोबारमा कुनै प्रकारको कर नलगाएको प्रस्टीकरण दिएका थिए । तर पनि लगानीकर्ता करको विषयलाई लिएर आक्रोशित छन् ।

हाल तिर्दै आएको पुँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा लगानीकर्ता दुबिधामा छन् । पुँजीगत लाभकरलाई नै अन्तिम कर नमानेसम्म आफूहरूको आन्दोलन नरोकिने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ११ : ०३ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता