नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सुरु « Khabarhub

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सुरु


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस सुरु भएको छ।

हालसम्म पक्राउ परेका १८ जनाको बयान शुक्रबार सम्पन्न भएसँगै आजदेखि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

उनका अनुसार आज जाहेरीकर्ताका तर्फबाट सरकारी वकिलले बहस सुरु गरेका छन्। इजलासमा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताका तर्फबाट बहसका लागि सरकारी वकिललाई तीन दिनको समय दिएका छन्। यस्तै प्रतिवादीको तर्फका वकिललाई छ दिनको समय दिइएको सूचना अधिकारी दाहालले सुनाए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्वित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग अदालतका न्यायाधीश न्यौपानेलगायतले बयान लिएका थिए।

जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चार मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबी गरेर जिल्ला अदालतमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  १ : ०४ बजे

सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र स्थनीय प्रशासन सहमत

बारा – बारा स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच आज भएको

शनिबार कांग्रेस महाधिवेशन तालिका पेस गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुस मसान्तभित्रको मिति तोकेर ल्याउने

दलित आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

गण्डकी – राष्ट्रिय दलित आयोगको पाँचौँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका

लाप्राकमा केन्द्रीय प्रशारण लाइनको बिजुली

गोरखा– प्रशारण लाइन बिस्तार भएको करिव चार बर्षपछि लाप्राकमा केन्द्रीय

नेपाली भाषा कन्भर्टर प्लेटफर्म ‘सञ्चारगृह डट कम’ सार्वजनिक

काठमाडौं – नेपालीमा लेख्ने, पढ्ने र रूपान्तरण गर्नेहरूका लागि नयाँ