साउदीमा एक नेपालीलाई मृत्युदण्ड « Khabarhub

साउदीमा एक नेपालीलाई मृत्युदण्ड


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबमा एक नेपालीलाई टाउको काटेर मृत्युदण्ड दिइएको छ । साउदी नागरिकलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा नेपालका सन्त बहादुर पुनलाई मृत्युदण्ड दिइएको हो।

हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा जेल जीवन बिताइरहेका पर्वत मोदी गाउँपलिका–४ खुइजेरीका पुनलाई बिहीबार मृत्युदण्ड दिइएको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी ऋषिराज आचार्यले जानकारी दिए ।

नेपाल र साउदी सरकारले उनलाई २०५८ जेठमै मृत्युदण्डको सजाय सुनाइएको थियो । पीडित परिवारले उनको मृत्युदण्डको सजाय माफी हुने सम्बन्धमा बदलाकै कठोर भाव राखेपछि साउदीको आन्तरिक मन्त्रालयले मृत्युदण्डको फैसलालाई कार्यान्वयन गरेको छ ।

स्थानीय अदालत, पुनरावेदन र सर्वोच्च अदालतले साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्यामा दोषी ठहर गर्दै सन्तबहादुरलाई मृत्युदण्डको फैसला गरेको थियो । त्यसलाई रोयल कोर्टले समेत अनुमोदन गरेपछि मृत्युदण्डको फैसला कार्यान्वयन भएको हो ।

२०५४ सालमा साउदी अरेबियामा कृषि काममा पुगेका सन्तबहादुरले  भेडा चराउन जाने क्रममा भएको हत्याको घटनाको कारण मृत्युदण्डसम्मको सजाय पाएका हुन् । भेडा चराउन गएका उनलाई एक जनाले दैनिक आएर भेडा माग्न थालेपछि भएको विवादका क्रममा चक्कु प्रहार गर्दा हत्याको घटना घटेको थियो ।

यसैगरी गत वर्ष नोभेम्बरमा पनि उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको सजाय दिइएको थियो । १५ वर्षदेखि साउदी अरबको जेलमा रहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको सजाय दिइएको थियो ।

त्यहाँको जुवेल जेल प्रशासनले गत वर्ष कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको थियो । दूतावासलाई समेत जानकारी नदिई उनीलाई मृत्युदण्डको सजाय दिएको र शव साउदीको जमिनमा गाडिएको थियो ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  २ : ०५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा