सेयर बजारमा ५३.०३ अंकको वृद्धि | Khabarhub Khabarhub

सेयर बजारमा ५३.०३ अंकको वृद्धि


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार र लगानीकर्ताबीच सहमति भएपछि सेयर बजारमा उत्साह छाएको छ । आइतबार नेप्से सूचक ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा आइपुगेको छ । १ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार हुँदा ३ कम्पनी सकारात्मक सर्किटको लेबलमा कारोबार भएको छ । 

यसअघि करका विषयमा अन्योलता बढ्दा बजार ३ दिनमै बेस्सरी प्रभावित भएको थियो । आइतबार अर्थ मन्त्रालयमा भएको वार्तामा अर्थमन्त्री प्रकाशशरण महतले हाल कायम ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने  स्पष्ट पारे । त्यतिमात्र होइन, यसमा अर्थ मन्त्रालयले लिखित विज्ञप्ति नै जारी गरेको छ ।

यस्तै, अर्थ मन्त्रालयका अधिकारी र लगानीकर्ताबीच हस्ताक्षरसमेत भएको छ। यही खबर बाहिर आएपछि सेयर बजारमा रौनकता छाएको हो । अब सरकारले विद्यमान पुँजीगत लाभकरका दरलाई नै अन्तिम कर मान्नेछ । सरकारसँग सहमति हुनुअघि लगानीकर्ताले ५० वटै ब्रोकर कार्यालय बन्द गराएका थिए  । 

यस दिन २७० कम्पनीको ४५ लाख ५७ हजार कित्ता सेयर कारोबार भएको छ । १५ करोड ८१ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र चिलिमे हाइड्रोपावर बढेका छन् । 

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ४ : ५२ बजे

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही