विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

आज जेठ २१, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून ४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतको आसाममा १६ करोड रुपैयाँ बारबरको लागूऔषध बरामद

भारतको आसाम राज्यको प्रहरीले १६ करोड रुपैयाँ बारबरको लागूऔषध बरामद गरेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण अभियान अन्तर्गत कारबाही गर्दा उक्त परिमाणको लागुऔषधसहित दुई जना कारोबारीलाई पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा काछार जिल्ला प्रहरीको टोलीले सिलचरको कातागष्टल क्षेत्रमा कारवाही गरी करिब २.२ केजी हेरोइन बरामद गरेको जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक सुब्रत सेनले बताएका छन् ।

उनले भने, “हामीले २.२ किलोग्राम हेरोइनसहितको एक सय ४३ साबुनका बट्टा बरामद गरेका छौँ । सोको अभियोगमा दुईजना अभियुक्तलाई पक्राउ गरेका छौँ । बरामद लागूऔषधको बजार मूल्य करिब १६ करोड रुपैयाँ अनुमान गरिएको छ । हाम्रो अनुसन्धान जारी छ ।” साथै केन्द्रीय राजधानीमा पनि प्रहरीले लागूऔषध ओसारपसारका गतिविधिमाथि कडा निगरानी गरिरहेको छ ।

चिनियाँ विदेशमन्त्रीद्वारा ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

आफ्ना समकक्षी विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करलाई शोक सन्देश पठाउदै विदेशमन्त्री छिन ग्याङले त्यस दुर्घटनाबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

मन्त्री ग्याङले मृतक र घाइतेका आफन्तजनप्रति सहानुभूतिसमेत गरेका छन् ।

कृषि उत्पादकत्व बढाउन जम्मुकश्मीरका लाखौँ किसानलाई तालिम

केन्द्र शासित प्रदेश जम्मुकाश्मिरमा कृषि उत्पादकत्व बढाउँदै त्यहाँका सीमान्तकृत वर्गको उत्थानमा योगदान गर्न सरकारले थालेको पाँच महिने किसान सम्पर्क अभियानअन्तर्गत हालसम्म एक लाख अठहत्तर हजार किसान सहभागी भएका छन् ।

गत अप्रिलको अन्तिम सातादेखि आगामी अगस्टभर सञ्चालन हुने अभियानको मुख्य लक्ष्य सबै किसानका घरमा पुगेर उनीहरूका खेती किसानीसम्बन्धी समस्या हल गर्नु हो । समग्र कृषि विकास कार्यक्रमअन्तर्गत सञ्चालित अभियानमा सहभागी किसानले आफ्नो आवश्यकता सम्बन्धमा विवरण दिएपछि कृषि विभागका सम्बद्ध अधिकारीले समस्यामा परेका किसानलाई सल्लाह र सुझाव दिनेछन् ।

बीउ बिजन, फलफूल खेती, सागसब्जी उत्पादन, मलखाद व्यवस्थापनदेखि पानी पटाउने विषयसम्म अनि पशुपालन होस् वा माछा पालन कृषिकर्मसँग सम्बन्धित सबै क्षेत्रका व्यावहारिक ज्ञान दिन सरकारी स्तरमा छ सय ५१ जनालाई सघन प्रशिक्षण दिएर किसान सम्पर्क अभियान थालिएको हो । किसानले गर्ने सबै कामको विवरण अभिलेखीकरण गरेपछि प्रशिक्षकहरूले किसानका आवश्यकताअनुसार समूह–समूहमा ज्ञान र सीप सिकाउने गरेका छन् ।

कृषि विभागका अधिकारीहरूका अनुसार जम्मुकाश्मिरका सबै एक हजार छ सय २६ वटा पञ्चायतका किसान अभियानमा सहभागी भएका छन् । हरेक साताका पहिला तीन दिन केही घण्टा कृषि प्राविधिक एवम् प्रशिक्षकले किसानका समस्या र जिज्ञासा साम्य पार्ने गरेका छन् ।

जिल्लाअनुसार विभागले समयसारिणी निकालेर प्रशिक्षण जारी राखेको छ । सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै प्रशिक्षकहरूले छोटा चलचित्र र भिडियोका माध्यमबाट किसानलाई सिकाउने गरेका छन् ।

काश्मिरी, डोग्री, अङ्ग्रेजी, हिन्दी र उर्दुमा छापिएका पुस्तिकामार्फत पनि किसानलाई उनीहरूका खेतीका समस्या समाधानमा सघाउने प्रयास भएको अभियानका प्रवक्ताले बताएका छन् । एक सय २१ वटा सीप विकास तालिममार्फत किसानले उत्साहपूर्वक अभियानमा भाग लिएका उनले बताए ।

आफ्नो स्थानको जलवायु, भूवनोट एवम् भूमिको उर्वरतालगायत विषयलाई ध्यानमा राखेर उत्पादकत्व बढाउन प्रेरित गर्ने अभियानको परिणामको समीक्षा गरिने ती प्रवक्ताले बताएका छन् ।

टर्कीका राष्ट्रपति अर्दोआनले लिए शपथ

टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले शनिबार संसदमा शपथ ग्रहण गरेका छन् ।

उनको यो शपथसँगै आगामी पाँच वर्षको लागि आफ्नो तेस्रो कार्यकाल औपचारिक रूपमा सुरु भएको छ।

गत मे २८ मा भएको राष्ट्रपतीय निर्वाचनमा अर्दोआनले आफ्ना प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लुलाई पराजित गर्दै ५२.१८ प्रतिशत मत प्राप्त गर्न सफल भएका थिए।

सन् २००३ मा प्रधानमन्त्री भएदेखि नै देशको नेतृत्व गर्दै आएका राष्ट्रपति सन् २०१७ मा भएको संवैधानिक जनमत संग्रहले तुर्किएको संसदीय प्रणालीलाई राष्ट्रपतीय प्रणालीमा परिणत गरेपछि २०१८ मा तुर्किएको पहिलो कार्यकारी राष्ट्रपति बनेका थिए।

चिनियाँ विदेशमन्त्रीद्वारा ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

आफ्ना समकक्षी विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करलाई शोक सन्देश पठाउँदै विदेशमन्त्री छिन ग्याङले त्यस दुर्घटनबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दैघाइते हरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

मन्त्री ग्याङले मृतक र घाइतेका आफन्तजनप्रति सहानुभूतिसमेत व्यक्त गरेका छन्।

इजिप्टको सीमा क्षेत्रमा गोली हानाहान, तीन इजरायली सैनिकको मृत्यु

इजिप्टका प्रहरी अधिकृतको वर्दीका बन्दुकधारीले गोली चलाउँदा तीन इजरायली सैनिकको मृत्यु भएको छ। इजरायली सेनाका प्रवक्ताले सो घटनाको पुष्टि गरेका छन्।

इजरायली सेनाका अनुसार इजिप्टको सीमामा रहेको सैन्य पोस्टको इजिप्टका प्रहरी अधिकृतको वर्दी लगाएका बन्दुकधारीले शनिबार बिहानै गोली चलाए पछि दुई सैनिकको ज्यान गएको थियो।

यो घटनापछि फेरि गोली हानाहान भएको थियो। जुन घटनामा एक इजिप्टका प्रहरी अधिकारी र तीनजना इजरायली सैनिकको मृत्यु भएको थियो।

सुरक्षा बलका एक सदस्यले लागूऔषध तस्करहरूलाई पछ्याउने क्रममा सो घटना भएको एक विज्ञप्तिमा भनिएको छ। उनीहरूलाई पीछा गर्ने क्रममा सुरक्षा एजेन्टले सीमा पार गरेका थियो, त्यसपछि गोली हानाहान भएको थियो। सो घटना इजिप्ट–गाजा पट्टी सीमा नजिक, इजरायल र इजिप्ट बीचको नित्जाना र अल अवजा सीमा नजिक भएको हो। यो इजिप्टबाट इजरायल वा गाजा पट्टीमा सामान ढुवानी गर्न प्रयोग गरिन्छ।

सेनाले जारी गरेको विज्ञप्ति अनुसार इजिप्टका रक्षामन्त्री मोहम्मद जाकीले आफ्ना इजरायली समकक्षीसँग सीमा गोलीबारीका घटनाबारे कुराकानी गर्दै भविष्यमा यस्ता घटना हुन नदिन आपसी समन्वयका लागि छलफल गरेका छन्।

इजरायली सेनाका अनुसार यसरी मारिने सैनिकमा एक महिला पनि छन्। इजरायलका रक्षामन्त्री योभ गालान्टले घटनाको सम्पूर्ण अनुसन्धान गरिने दाबी गरेका छन्। हत्या तस्करीसँग जोडिएको भनिए पनि अनुसन्धानका क्रममा सो रहस्य खुल्नेछ।

सन् १९७९ मा इजरायलसँग घनिष्ठ सुरक्षा सम्बन्ध स्थापना गर्ने र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने इजिप्ट पहिलो अरब राष्ट्र हो।

एक बाबा, जो ४० वर्षदेखी दाहिने हात उचालेर बसिरहेका छन्

तपाइँलाई आफ्नो बाल्यकालको दण्ड याद छ, उभिएर हात उठाउन लगाएर शिक्षकले कसरी सजाय दिन्थे । २–३ मिनेट मात्रै हात उठाएर उभिँदा पनि हात फतक्क गलेर अवस्था बिग्रन सक्छ, तर यस्तो अवस्थामा हामी तपाइँलाई भारतमा एक जोगीका बारेमा बताउँछौं, जसले आफ्नो हात हावामा केही घण्टा वा केही दिनको लागि होइन, पुरै ४० वर्षदेखि उचालेर राखिरहेका छन्।

तस्बिरमा देखिएका यी बाबाको नाम अमर भारती हो, जसले सन् १९७३ मा केही गर्ने निधो गरेका थिए, जसको बारेमा हामी र तपाइँले कल्पना पनि गर्न सक्दैनौँ । हो, आज पनि अमर भारतीले सन् १९७३ देखि आफ्नो दाहिने हात हावामा उचालेका छन् । तस्विर हेरेर तपाइँले यो अनुमान लगाउन सक्नुहुन्छ कि यति वर्षसम्म हावामा उठाएको हातको हालत के भयो ? यसरी लामो समयसम्म एकोहोरो हात उठाउनु पर्दा केही वर्षमै उनको हात सुक्यो र छाला र हड्डी एउटै टुक्रा भयो।

अमर भारतीको यो निर्णयलाई उनको भगवानप्रतिको भक्ति र विश्वव्यापी सद्भाव प्रवर्द्धन गर्ने उनको मिसनको प्रतीकका रूपमा हेरिएको छ। कसैले चाहेर पनि गर्न नसक्ने काम अमर भारतीले यो कार्य गरिरहेका छन् । यो सबै देख्नेहरूले उनको शक्ति, भक्ति र जोशको प्रशंसा गर्नबाट आफूलाई रोक्न सक्दैनन् ।

भारती एक प्रसिद्ध भिक्षु हुन्, जसले कुम्भ मेला र महत्त्वपूर्ण धार्मिक कार्यक्रमहरूमा भाग लिने गर्छन्। आफ्नो जीवनकालको कुरा गर्दा १९७० भन्दा पहिले अमर मध्यम वर्गीय परिवारका व्यक्ति थिए, जसले सामान्य जीवन बिताउँथे । सर्वसाधारणजस्तै उनीहरू पनि जागिर गर्थे । घरमा श्रीमती र छोराछोरी थिए, तर एक दिन बिहान उठेर उनले आफ्नो सम्पूर्ण जीवन भगवान शिवको सेवामा समर्पित गर्ने निर्णय गरे र कहिल्यै पछाडि फर्केर हेरेनन्।

हालै भाइरल भइरहेको उनको तस्विर देखेपछि इन्टरनेट प्रयोगकर्ताहरूले बाबाको भक्तिको प्रशंसा गरिरहेका छन्। कतिपयले अझै विश्वास गर्न नसकेको जनाइरहेका छन भने कसैले बाबा कसरी सुत्छन् त ? भनेर सोधिरहेका छन् । जे सुकै होस, उनी ४० वर्षदेखि आफ्नो हात उचालेर भगवान् शिवमा लिन भइरहेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ७ : ५९ बजे

नेपालले विश्व बैंकबाट थप १ अर्ब ७३ करोड रुपैयाँ अनुदान लिँदै

काठमाडौं– सरकारले समृद्धिका लागि वन परियोजनामा विश्व बैंकबाट थप १३

ओझेलमा १२ बण्ड १८ खण्डको रामारोशन ताल

मान्म– अछाम जिल्लाको रामारोशन गाउँपालिका–५ मा रहेको रामारोशन ताललाई १२

प्रस्तावित आयुक्त प्रधानबारे संसदीय समितिले अर्को बैठकबाट निर्णय लिने

काठमाडौं- संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारेमा थप

स्याहार अर्थतन्त्रबारे धनगढीमा रोजगारदाता तालिम

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले अन्तर्राष्ट्रिय श्रम संगठन

अर्थमन्त्री र सीबीफीनबीच दिगो आर्थिक एवं बैंकिङ विकासबारे छलफल

काठमाडौं–  बैंकतथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री