सगरमाथा आरोहणकाे मापदण्ड कानूनमै व्यवस्था गर्न सांसदको माग | Khabarhub Khabarhub

सगरमाथा आरोहणकाे मापदण्ड कानूनमै व्यवस्था गर्न सांसदको माग


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सगरमाथा आरोहण गर्ने मापदण्ड कानूनमै व्यवस्था गर्न सांसद सोनाम ग्याल्जेन शेर्पाले माग गरेका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानूनमै व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

हेलिकप्टरबाट दोस्रो क्याम्पमा पुगेकाहरूलाई पनि सगरमाथा आरोहण गरेको मान्यता दिने गरेकोप्रति आपत्ति समेत जनाएका उनले सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड हुनुपर्ने बताए ।

पर्यटकहरूकै कारण हिमाली क्षेत्रमा बढेको वातावरण प्रदूषणलाई रोक्नुपर्ने भन्दै उनले पर्यटनले विकास मात्रै नभई विध्वंस पनि निम्त्याउन सक्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ३ : ०३ बजे

मनसुनजन्य विपदबाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली– मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक

हिमनदी पग्लिँदै गए हुनसक्छ ठुलो ज्वालामुखी विस्फोट : अध्ययन

काठमाडौं– विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेसलिष्ट पारित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम

बन्दीपुरमा ‘आफ्नो गाउँ, रमाइलो बनाउँ’ अभियान

दमौली– जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत