चिनियाँ राजदूतको अभिव्यक्तिविरुद्ध एकता अभियानद्वारा माइतिघरमा प्रदर्शन « Khabarhub

चिनियाँ राजदूतको अभिव्यक्तिविरुद्ध एकता अभियानद्वारा माइतिघरमा प्रदर्शन


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय एकता अभियानले चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको भन्ने अभिव्यक्ति दिएको विरोधमा मंगलबार काठमाण्डौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ऋण र अनुदानमा निर्माण भएको बताइरहँदा राजदूत सोङले पटक–पटक बीआरआई परियोजनासँग जोडेर उक्त विमानस्थललाई बदनाम गरेको भन्दै अभियानले प्रदर्शन गरेको हो ।

अभियानका अध्यक्ष विनय यादवले नेतृत्व गरेको प्रदर्शनमा प्रदर्शनमा हिन्दी अभियानी रमन पाण्डेय, अभियानका वरिष्ठ नेता एव् संविधानसभा सदस्य बिपी यादवलगायतको सहभागिता थियो ।

प्रदर्शनपछि आयोजित सभालाई सम्वोधन गर्दै अध्यक्ष विनय यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा गलत प्रचार भइरहेको भन्दै यसलाई रोक्न माग गरे ।

बीआरआई आउनुअघि नै पोखरा विमानस्थलको विकासका लागि सम्झौता भएको स्मरण गर्दै उनले राजदूतको भनाइ र त्यसको दिर्घकालीन असरलाई लिएर नेपाली जनतामा चिन्ता र अन्यौल बढाएको बताए ।

यस्तै हिन्दी अभियानी रमन पाण्डेयले यदी चीन नेपालको मित्र भए चीनले ऋण नभई अन्य मित्रराष्ट्र जस्तै नेपाललाई अनुदान सहयोग गर्नुपर्ने धारणा राखे । राजदूत सोङले पोखरा विमानस्थललाई बीआरआईअन्तर्गतको परियोजना बताउनु चिनियाँ विस्तारवादी नीति रहेको उनको भनाइ छ ।

प्रदर्शनमा अभियानका वरिष्ठ नेता एव् संविधानसभा सदस्य बिपी यादवले बीआरआईमार्फत चीनले नेपालमा विस्तारवादी नीति लादेको भन्दै यसको सशक्त विरोध गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ७ : ५५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज