किन लाग्छ रिंगटा ? | Khabarhub Khabarhub

किन लाग्छ रिंगटा ?


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

वरिपरिका सामान घुमे जस्तो लाग्नु वा वाकवाकी लागे जस्तो भएर चक्कर लाग्नुलाई रिंगटा लाग्नु भनिन्छ । यस्तो समयमा टाउको थोरै घुमाउने समस्या हुन्छ । कानको भित्र कुनै पनि भागमा वा दिमागको नसामा कुनै पनि समस्या आएमा यस्तो समस्या हुने गर्दछ । यस अलावा अन्य थुप्रै कारणले रिंगटा लाग्नसक्छ । यसलाई धेरैले सामान्य समस्याका रूपमा लिने गर्छन् । तर धेरै मानिसले यसलाई सामान्य समस्याका रूपमा लिन्छन् । तर, यो गम्भीर रोगको कारण पनि हुनसक्ने चिकित्सकहरू बताउँछन् । त्यसैले रिंगटालाई हेलचेक्र्याइँ गर्नुको सट्टा यसको बेलैमा उपचार र कारण पत्ता लगाउन आवश्यक हुन्छ । मानिसमा कुनै रोग लागेको छ भने त्यसको कारण रिँगटा लाग्छ । त्यसैले रिँगटा के कारणले लाग्छ ? यसका लक्षणहरू के हुन्छन् लगायतका विषयमा आधारित रहेर खबरहबका लागि जनरल फिजिसियन डा. प्रेम पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश :

सामान्यतया रिँगटा लाग्ने समस्यालाई हामीले कसरी बुझ्ने ?
हामी जो कोहीलाई पनि कमजोरी, अनिन्द्रा जस्ता कारणले क्षणिक रूपमा चक्कर लाग्नसक्छ । तर, पटक पटक चक्कर लाग्छ भने त्यसलाई सामान्य रूपमा लिनु हुँदैन । हाम्रो शरीरमा कहिले काहीँ प्रेसर हाई वा कम भएको कारणले पनि रिंगटा लाग्नसक्छ । कसैलाई खाना नखाएर धेरै तरिकाले यो रिंगटा लाग्न सक्छ । शरीरको टाउको आँखा, मांसपेशी केहीमा समस्या भयो भने हामीलाई रिंगटा लाग्छ । त्यसैले आफूलाई के कारणले रिंगटा लागेको हो त त्यो कारण पत्ता लगाएर डाक्टरको परामर्श लिन सकिन्छ । पहिला त कारण पत्ता लगाउने यदि प्रेसरको कारणले हो भने जीवनजल, चिनिपानी ग्लुकोज पानी बनाएर खान सकिन्छ । अरु कारण हो भने अस्पताल नै जानु पर्दछ ।

के कारणले गर्छ त रिंगटा ?
रिंगटा कसैलाई माइग्रेनको समस्याले पनि लाग्छ । खाना खाने र सुत्ने समय टिभी मोबाइलको धेरै प्रयोग शारीरिक ब्याकको कमीले गर्दा माइग्रेनको समस्या हुन्छ र रिंगटा लाग्छ । कसैमा वंशाणुगत रूपमा बुबा आमा कसैलाई भएको छ भने समय समयमा रिंगटा लाग्ने कान कम सुन्ने हुन्छ । यो समयमा उपचार भयो भने कान सुन्ने अवस्था हुन्छ ।

अस्पतालमा यसको कसरी उपचार गर्नु हुन्छ त ?
हामीले सबै भन्दा पहिला के कारणले रिंगटा लागेको हो भनेर समस्या पत्ता लगाउँछौँ । यदि कान, नाकको कारणले हो भने सम्बन्धित डाक्टरहरू समक्ष पुर्याउँछौँ । कसैलाई प्रेसर भएर, कसैलाई सुगरको मात्रा बढी भएर, कसैलाई ग्यास्ट्रिकको कारणले पनि हुन्छ । कसैलाई चस्माको पावर मिलेन भने पनि चक्कर लाग्छ । त्यसैले के कारणले चक्कर लाग्यो भनेर पत्ता लगाएर मात्र उपचार गर्न सकिन्छ ।

गर्मी मौसममा रिंगटा लाग्ने समस्या धेरै हुने हो ?
रिंगटा गर्मीमा धेरै हुने र जाडोमा कम हुने भन्ने छैन । तर, कुनै कुनै रोगहरू गर्मीमा अलि बढी सक्रिय हुने हुनाले गर्मीमा अलि बढी रिंगटा लाग्ने हुनसक्छ । गर्मीमा मौसममा नै धेरै झाडापखाला लाग्ने हुनाले यो कमन देखिएको हो । जसको ब्लड प्रेसर कम छ, उनीहरूलाई यो समस्या धेरै हुन्छ ।

एक पटक रिंगटा लागेर उपचार गरेपछि दोहोरिने सम्भावना कति हुन्छ ?
रिंगटा कुन रोगले लागेको हो त पहिलो कुरा त्यसको आधारमा भर पर्दछ । यदि बुढा बुढीको केसमा हेर्दा घाँटीमा हड्डी खिएको छ भने त्यसको उचित उपचार हुँदैन, त्यसलाई फिँजियो थेरापी गरेर उपचार गर्दा यो दोहोरिन सक्छ । कहिलेकाहीँ कानको समस्या छ भने पनि दोहोरिन सक्छ ।

कानको समस्याले कसरी रिंगटा लाग्छ ?
हाम्रो कानभित्र मसिनो क्याल्सियमको कर्णहरू हुनुपर्ने ठाउँ भन्दा फरक ठाउँमा सर्छ । त्यसले गर्दा टाउको यता उता फर्काउँदा सुत्दा फनफन हुने एक छिन छोकेर फेरि घुम्ने हुन्छ । यो समयमा उपचार गर्याे भने आजको भोलि नै निको हुन्छ तर उपचारमा ढिलो गर्याे भने सधैँ रहन्छ । भिटामिन डी डेफिसेनसी हुँदा केही हदसम्म सर्नसक्ने सम्भावना हुन्छ । अहिले १०० जनालाई रिंगटा लाग्यो भने २० प्रतिशतलाई टाउकोको कारणले लागेको हुन्छ । ८० प्रतिशतलाई कानको कारणले रिंगटा लाग्छ । एक सय जना कानको बिरामी भए ८० जनालाई कानको कारणले रिंगटा लाग्छ ।

यो रिंगटा लाग्ने समस्या नै नहोस् भनेर के के कुरामा ध्यान दिने ?
यसको लागि हामी सबैले स्वस्थ जीवन बिताउने, बिहानको ४० मिनेट व्यायाम गर्ने, बुढाबूढीहरूले पनि नियमित व्यायाम गर्ने, स्वस्थ मिलाएर खाना खाने, प्रशस्त मात्रमा सुत्ने, पानी उमालेर मात्र खाने, जथाभावी खाना नखाने, मोबाइल टिभीको प्रयोग कम गर्नुपर्छ । पानीमा नभिज्ने । घाममा हिँड्दा छाताको प्रयोग गर्ने, चस्मा लगाउने गर्नुपर्दछ । चक्कर लाग्यो ढल्यो भने तुरुन्तै अस्पताल गएर उपचार गराउनुपर्छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ७ : ०२ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार