भारतको मणिपुरमा चलेको दुई महिना भन्दा लामो हिंसात्मक द्वन्द्व केही शान्त भएको छ। यो घटनाक्रमलाई जान्न त्यहाँको परिवेश बुझ्नुपर्ने हुन्छ। उत्तरतर्फ ईसाई बहुल नगालैंड, दक्षिणमा ईसाई बहुल मिजोरम, पश्चिमतर्फ असमका इसाई बहुल हिमाहासी जिल्ला र ईसाई बहुल मेघालयको घेराभित्र रहेको छ मणिपुर। यी राज्यमा बस्ने नगा, कुकी र हमर जनजातिको सम्पूर्ण रुपबाट ईसाईकरण भइसकेको छ।
भारतका पूर्वोत्तरमा अवस्थित आठ राज्य सिक्किम, अरुणाचल, नगालैंड, मणिपुर, मिजोरम, त्रिपुरा, मेघालय र असम पर्दछ जसमध्ये नगालैंडमा ८६.४७, मिजोरममा ९४.४३ र मेघालयमा ८६.४७ प्रतिशत आदिवास जनजाति रहेका छन्। यी तीन वटै राज्य अब ईसाई बहुल भइसकेका छन्। वास्तवमा सन् १९५१ सम्म नगालैंड र सन् १९७१ सम्म मेघालयमा धेरै ईसाई थिएनन्। अहिले मणिपुरमा जनजाति ४०.८७ प्रतिशत छन् र ईसाईको जनसंख्या ४१.२८ प्रतिशत पुगिसकेको छ।
यसैगरी अरुणाचलमा ६८.७८ प्रतिशत जनजाति छन् भने ईसाईको जनसंख्या ३०.२६ प्रतिशत रहेको छ। जनगणनाअनुसार सन् २०११ सम्म मणिपुरको जम्मा ९ जिल्लामध्ये पाँच ईसाई बहुल र चार हिन्दू बहुल थिए। त्यसबखत प्रदेशको कुल जनसंख्या २८ लाख ५५ हजार ७९४ हुँदा आदिवासीको जनसंख्या ११ लाख ७९ हजार ०४३ थियो । जसमध्ये ११ लाख ६७ हजार ४२२ अर्थात् जनजातिको कुल जनसङ्ख्या मध्ये ९६.४६ प्रतिशत ईसाई भइसकेका थिए।
मणिपुरको विवादलाई बुझ्न त्यसको छिमेकी राज्य असमबारेको अध्ययन आवश्यक हुन्छ। सन् २०११ को जनगणनाअनुसार असममा जनजातिको जनसङ्ख्या ३८ लाख ८४ हजार ३७१ हुँदा कुल इसाई जनसङ्ख्या ११ लाख ६५ हजार ८६७ थियो। त्यसबखत इसाई बन्ने कुल जनसङ्ख्यामा जनजातिबाट कुल सहभागिता चार लाख ९५ हजार ३७९ मात्र थियो। गैरजनजातीय समुदायबाट इसाई बन्ने हुन। असम प्रदेशमा गैर जनजातिलाई इसाई बनाउन सकिन्छ भने मणिपुरमा पनि सोही उपक्रम किन हुन सक्दैन? मणिपुर विवादको मुख्य कारण यही हो।
ईसाईकरणसँग जुध्दै मैतेई समाज
पूर्वोत्तरमा इसाईकरणको तीव्र गतिलाई कसैले रोकिरहेको छ भने त्यो हो मणिपुरको मैतेई समुदाय। सन् १९६१ को जनगणनामा प्रदेशमा मैतेई मातृभाषा लेखाउनेको संख्या ६४.४६ प्रतिशत थियो । जुन २०११ मा घटेर ५३.२९ प्रतिशतमा झरेको थियो। जसरी असममा असमिया भाषी अल्पसंख्यकमा देखिन थालेका छन् । त्यसैगरी मणिपुरमा पनि मूल निवासी मैतेई भाषी अल्पमतमा जाने खतरा छ। सन् १९६१ को जनगणनाअनुसार असममा ६२.३५ प्रतिशत मानिसले असमिया भाषालाई आफ्नो मातृभाषाको रूपमा लेखाइएका थिए । यो संख्या जुन २०११ मा घटेर ४६.८१ प्रतिशतमा झर्यो।
सन् १९६१ को जनगणनाअनुसार मणिपुरको कुल जनसंख्यामा आदिवासीको उपस्थिति ३१.९२ प्रतिशत थियो जुन २०११ मा बढेर ४०.८७ प्रतिशत पुग्यो। विगत पाँच दशकको गणनाबाट राष्ट्रिय स्तरमा आदिवासीको जनसंख्या वृद्धि दर २४९.८९ प्रतिशत रहँदा मणिपुरमा ३६८.७५ प्रतिशत रहेको देखिन्छ। यसैगरी सन् १९६१ को जनगणनामा मणिपुरमा २८ प्रकारका जनजाति उल्लेख गरिएको थियो । जुन सन् २०११ मा वृद्धि भएर ३३ प्रकारका कायम गरिएको छ।
उदाहरणका लागि सन् १९६१ मा ‘पुमाई नागा’ जनजातिलाई उल्लेख गरिएको थिएन । जुन २०११ मा उल्लेखित छ । जस्को जनसंख्या एक लाख २७ हजार ३८१ रहेको देखिन्छ। सन् १९६१ को जनगणनामा सुते, तराव र खरम जनजातिको उल्लेख नभएपनि २०११ मा उल्लेख गरिएको छ। यो कहाँबाट आयो ? प्रष्ट देखिन्छ कि छिमेकी राज्यबाट क्रिस्चियन बनाइएका जनजातिलाई एउटा योजनाअनुसार मणिपुर पठाइएको छ।
अफीमको खेती एउटा कारण
मणिपुरमा बसोबास गर्ने कुकी जनजाति वास्तवमा विदेशी मूलका हुन जसलाई डेढ सय वर्षअघि मात्र त्यहाँको पहाडी क्षेत्रमा बसोबास गराइएको थियो। बेलायतले चीनमा अफिमको खेतीलाई बढावा दिँदै गर्दा त्यसको केही दशकपछि त्यही ब्रिटिशले नै मणिपुरमा पनि अफिम खेती गर्न यिनीलाई तत्कालीन वर्मा (म्यानमार)को पहाडी क्षेत्रबाट ल्याएर बसोबास गराएका थिए। त्यसबखतदेखि बसोबास गर्दै आएका कुकी समुदायका लागि कानुनको कुनै अर्थ हुँदैन। कानुनले केही बिगार्न सक्दैन भन्दै उनीहरू अहिले पनि अफिम खेती गरिरहेका छन्।
अधिकांश कुकीलाई यहाँ अङ्ग्रेजबाट बसोबास गराइएको थियो तर केही त्यस भन्दा पहिलेदेखि पनि बसोबास गर्दै आएका छन। तिनीहरूलाई सस्तो सैनिकको नाममा म्यानमारबाट बोलाई मैतेई राजाले बसोबास गराएका थिए। स्थानीय समाचार पत्रका अनुसार कुकीहरू अझै पनि म्यानमारबाट अवैध रूपमा आएर मणिपुरका सीमावर्ती जिल्लामा बसोबास गरिरहेका छन्। यो घुसपैठ रोक्न स्थानीय सरकार प्रयासरत छ तर पूर्णतया सफल हुन सकेको छैन। भारत स्वतन्त्र भएपछि मिसनरीलाई उत्तर पूर्वमा धर्मान्तरण गराउन अवसर प्राप्त हुँदा उनीहरूले धर्म परिवर्तन अभियान सञ्चालन गरेर लगभग सबै कुकीलाई ईसाई बनाइ सकेका छन्।
मैती, मैतेई या मैतई..यिनीहरू मणिपुरका मूल निवासी हुन्। सधैं वनवासी जस्तै प्राकृतिक वैष्णव जीवन बिताउने मानिस। पुरानो जमानामा सत्ता उनीहरुकै थियो र यही समुदायबाट राजा पनि हुन्थ्यो। अहिले राज्य छैन, जग्गाजमिन पनि छैन। मणिपुरको आधाभन्दा बढी जनसंख्या मैतेईको छ तर तिनीहरूसँग जग्गाजमिन लगभग १० प्रतिशत मात्र छ। अर्कोतर्फ कुकीको जनसङ्ख्या ३० प्रतिशत छ तर जग्गाजमिन ९० प्रतिशत छ। अर्थात् ९० प्रतिशत जमिनको स्वामित्वमा रहेका कुकीहरूले १० प्रतिशत जमिनको स्वामित्वमा रहेका मैतेईलाई जनजातिको पहिचान दिनु नहुने माग गरिरहेका छन् ।
वास्तवमा उत्तरपूर्वी राज्यमा सक्रिय सशस्त्र पृथकतावादी समूहमार्फत् पहिले पनि भारतको अर्को विभाजनको योजना बनाइएको थियो। उनीहरूको बुझाई अनुसार मुस्लिम बाहुल्य क्षेत्रलाई भारतबाट अलग्याउन सकिन्छ भने क्रिस्चियनबहुल क्षेत्रलाई किन अलग्याउन सकिँदैन। यसको रणनीतिक प्रयोग सँगसँगै औद्योगिकीकरण र यातायात सुगमताको अभावमा पूर्वोत्तर राज्यमा पृथकतावादको हिंसात्मक राजनीति फस्टायो। तस अतिरिक्त उत्तरपूर्वको शासन प्रणालीलाई ूक्रिस्चियन धर्मको सिद्धान्तमा आधारित हुने भनेर एकजना भारतीय पूर्व प्रधानमन्त्रीको भनाइले पनि पृथकतावादीको साहस बढाएको छ। संविधानलाई धर्म निरपेक्ष बनाएर त्यसको आवरणभित्र चलाइने धर्मान्तरण अभियानको दुष्परिणाम भोग्न बाध्य पारिएको मणिपुरलाई उदाहरण मानेर नेपालमा सञ्चालित धर्म परिवर्तनको सम्भावित भविष्यबारे बुभ्नु आवश्यक रहेको देखिन्छ।
प्रतिक्रिया