९ अगस्तमा पाकिस्तानको संसद् विघटन हुँदै « Khabarhub

९ अगस्तमा पाकिस्तानको संसद् विघटन हुँदै


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद– पाकिस्तानको संसद् ९ अगस्टमा विघटन हुँदैछ । प्रधानमन्त्री शाहबाज सरिफले बिहीबार यो घोषणा गरेका हुन् ।

 सांसदहरुको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो, जहाँ शाहबाजले सांसदहरुलाई भेटेका थिए । सो क्रममा देशको राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । सांसदहरुको भेटपछि मात्र प्रधानमन्त्री शाहबाजको तर्फबाट संसद् भंग भएको घोषणा गरिएको थियो । यस्तो अवस्थामा अब छिमेकी मुलुकमा निर्वाचनको बाटो स्पष्ट देखिन थालेको छ ।

 मिडिया रिपोर्टका अनुसार शाहबाजले सांसदहरूबाट सुझाव मागेका थिए र कार्यवाहक प्रधानमन्त्री र कार्यवाहक सेटअपको व्यवस्थाको बारेमा कुरा गरेका थिए। अगस्ट ९ पाकिस्तानी राजनीतिको लागि महत्त्वपूर्ण हुने भएको छ किनकि यस दिन प्रधानमन्त्री शेहबाजले संसद् भंग गर्न राष्ट्रपतिलाई औपचारिक सुझाव पठाउने छन् । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले ४८ घण्टाभित्र प्रस्तावमा हस्ताक्षर गर्नुपर्नेछ, कुनै कारणवश त्यसो नगरे संसद् स्वतः विघटन हुन्छ ।

प्रधानमन्त्री शहबाज सरिफले विपक्षीसँग तीन दिनसम्म वार्ता गर्ने आश्वासन दिएका छन् । यो छलफलपछि मात्र कार्यवाहक प्रधानमन्त्रीको नाम राष्ट्रपतिसमक्ष हस्तान्तरण हुनेछ । यद्यपि यदि कुनै सहमति हुन सकेन भने पाकिस्तानको निर्वाचन आयोगले प्रस्तावित नामहरू मध्ये एकलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा चयन गर्नेछ। पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको विपक्षीले लामो समयदेखि चुनावको माग गर्दै आएका छन् ।

गत वर्ष अप्रिलमा अविश्वास प्रस्तावमार्फत इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाइएको थियो । विपक्षी दलहरूले संसदमा इमरानविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका छन् । इमरानले अर्थतन्त्र र विदेश नीतिलाई राम्ररी सम्हाल्न नसकेको उनको आरोप थियो । त्यसपछि विपक्षी दलको गठबन्धन मिलेर सरकार गठन भयो । यो सरकारमा शाहबाज सरिफलाई प्रधानमन्त्री बनाइएको थियो।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १० : ०८ बजे

विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौं – विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई