सिदिङ्वाका पहिरोपीडितलाई राहत वितरण | Khabarhub Khabarhub

सिदिङ्वाका पहिरोपीडितलाई राहत वितरण


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले सिदिङ्वा गाउँपालिकाका पहिरोपीडितलाई राहत रकम वितरण गरेको छ । सरोकार केन्द्रले गाउँपालिकाको केन्द्र साब्लाखु पुगेर पीडितलाई रु आठ लाख ६७ हजार हस्तान्तरण गरेको हो ।

मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिको परिवारलाई जनही रु १२ हजार तथा विस्थापित २७ परिवारलाई प्रतिपरिवार रु २५ हजारका दरले नगद हस्तान्तरण गरेको सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले जानकारी दिएका छन् । उच्च जोखिममा परेका २० परिवारलाई प्रतिपरिवार रु छ हजारका दरले तथा दुई बिरामीलाई जनही रु १० हजारका दरले राहत प्रदान गरिएको छ ।

सरोकार केन्द्रका अध्यक्ष श्रेष्ठसँगै महासचिव सन्तोष मादेन, सहयोग संकलन समितिका संयोजक मिङ्माडण्डु लामा, सदस्य अनिल खड्का, सिदिङवा गाउँपालिकाका अध्यक्ष मानबहादुर  राई, उपाध्यक्ष कृष्णकुमारी कडरियालगायतको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको हो ।

गत असार २ गते राति वर्षासँगै आएको बाढी र पहिराले सिदिङ्वमा तीन जनाको मृत्यु भएको थियो भने तीन अझै बेपत्ता छन् । पालिकाको वडा नं ६ मेहेले, वडा नं ७ सुरुङिख्म र वडा नं ३ आङ्खोप बढी प्रभावित भएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ११ : ४३ बजे

हिउँमै भेडीगोठ

बागलुङ– समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ ।

माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरूको मुटु जाँच शिविर सम्पन्न

काठमाडौं- जिटीए फाउन्डेसनको मुख्य आयोजनामा माउन्टेन गाइड, ट्रेकिङ गाइड र

स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै

गोदावरी– पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै

इराकको एक भवनमा आगलागी हुँदा १४ को मृत्यु

बगदाद– इराकको अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान शहरस्थित एक

कलुवापुर-बेलौरी सडक कालोपत्र तीन महिनापछि हुने

कञ्चनपुर– जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर-बेलौरी सडकको कालोपत्रको कार्य तीन