तनहुँमा नौ पक्की पुल निर्माण सम्पन्न « Khabarhub

तनहुँमा नौ पक्की पुल निर्माण सम्पन्न


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तनहुँ– आर्थिक वर्ष २०७९-८० र ०८०-०८१ मा तनहुँमा नौ  पक्की पुल निर्माण सम्पन्न भएका छन् । कूल पन्ध्र  निर्माणाधीन पुलमध्ये नौ  पुलको निर्माण सम्पन्न भएका हुन् ।

पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इन्जिनियर धनमाया मिश्रले निर्माणाधीन तीन पुल यस चालु आर्थिक वर्षमा क्रमागतरुपमा सरिआएको छ ।

जिल्लाको घिरिङ–४ मा तिरम्दी खोला पुल रु तीन करोड चौबिस लाखको लागतमा निर्माण सम्पन्न गरिएको छ । यसको लम्बाइ २५ मिटर रहेको छ । त्यसैगरी, ऋषिङको वडा नं ४ र ५ जोड्ने ज्वाला खोलामा २५ मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएको छ । यसको लागत रु तीन करोड २१ लाख रहेको छ ।

घिरिङ–१ को द्रौपद खोलामा २० मिटर लम्बाइको पुल रु तीन करोड २४ लाखको लागतमा सम्पन्न भएको छ । त्यसैगरी शुक्लागण्डकी–११ र भीमाद–९ जोड्ने जरेबरमा ३२ दशमलव ४ लम्बाइको पुल निर्माण सम्पन्न भएको छ । रु तीन करोड ४३ लाखको लागतमा उक्त पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिए।

यसैगरी शुक्लागण्डकी–११ र भीमाद–८ जोड्ने क्याङ्दी खोलामा ७४ दशमलव ५५ मिटर लामो पुल निर्माण सम्पन्न भएको छ । रु नौ करोड ३९ लाखको लागतमा उक्त पुल निर्माण सम्पन्न गरेको हो ।

व्यास नगरपालिका–८ स्थित रिस्ती खोला पुल बगुवामा ५२ मिटरको पुल रु चार करोड दुई लाख र सोही वडाको रिस्ती खोला पुल सोतीबेंसीमा ४० मिटर लम्बाइको रु चार करोड ३७ लाखको लागतमा निर्माण सम्पन्न गरेको छ ।

त्यसैगरी भीमाद–५ र ऋषिङ–८ जोड्ने फेदीखोलमा २५ मिटर लम्बाइको पुल रु तीन करोड ४६ लाखको लागतमा पुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको भीमाद–३ स्थित बुढुवा खोलामा १९ दशमलव आठ मिटर लम्बाइको पुल रु दुई करोड चार लाखको लागतमा सम्पन्न भएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १ : ०६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको