तनहुँमा नौ पक्की पुल निर्माण सम्पन्न « Khabarhub

तनहुँमा नौ पक्की पुल निर्माण सम्पन्न


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तनहुँ– आर्थिक वर्ष २०७९-८० र ०८०-०८१ मा तनहुँमा नौ  पक्की पुल निर्माण सम्पन्न भएका छन् । कूल पन्ध्र  निर्माणाधीन पुलमध्ये नौ  पुलको निर्माण सम्पन्न भएका हुन् ।

पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इन्जिनियर धनमाया मिश्रले निर्माणाधीन तीन पुल यस चालु आर्थिक वर्षमा क्रमागतरुपमा सरिआएको छ ।

जिल्लाको घिरिङ–४ मा तिरम्दी खोला पुल रु तीन करोड चौबिस लाखको लागतमा निर्माण सम्पन्न गरिएको छ । यसको लम्बाइ २५ मिटर रहेको छ । त्यसैगरी, ऋषिङको वडा नं ४ र ५ जोड्ने ज्वाला खोलामा २५ मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएको छ । यसको लागत रु तीन करोड २१ लाख रहेको छ ।

घिरिङ–१ को द्रौपद खोलामा २० मिटर लम्बाइको पुल रु तीन करोड २४ लाखको लागतमा सम्पन्न भएको छ । त्यसैगरी शुक्लागण्डकी–११ र भीमाद–९ जोड्ने जरेबरमा ३२ दशमलव ४ लम्बाइको पुल निर्माण सम्पन्न भएको छ । रु तीन करोड ४३ लाखको लागतमा उक्त पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिए।

यसैगरी शुक्लागण्डकी–११ र भीमाद–८ जोड्ने क्याङ्दी खोलामा ७४ दशमलव ५५ मिटर लामो पुल निर्माण सम्पन्न भएको छ । रु नौ करोड ३९ लाखको लागतमा उक्त पुल निर्माण सम्पन्न गरेको हो ।

व्यास नगरपालिका–८ स्थित रिस्ती खोला पुल बगुवामा ५२ मिटरको पुल रु चार करोड दुई लाख र सोही वडाको रिस्ती खोला पुल सोतीबेंसीमा ४० मिटर लम्बाइको रु चार करोड ३७ लाखको लागतमा निर्माण सम्पन्न गरेको छ ।

त्यसैगरी भीमाद–५ र ऋषिङ–८ जोड्ने फेदीखोलमा २५ मिटर लम्बाइको पुल रु तीन करोड ४६ लाखको लागतमा पुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको भीमाद–३ स्थित बुढुवा खोलामा १९ दशमलव आठ मिटर लम्बाइको पुल रु दुई करोड चार लाखको लागतमा सम्पन्न भएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १ : ०६ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि