युक्रेनले रुसको कृष्ण सागरमा रहेको नौसैनिक आधारमा आक्रमण गर्ने प्रयास गरेको रुसको दाबी « Khabarhub

युक्रेनले रुसको कृष्ण सागरमा रहेको नौसैनिक आधारमा आक्रमण गर्ने प्रयास गरेको रुसको दाबी


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुङ्गाले कृष्ण सागरको किनारमा अवस्थित नोभोरोसियस्क बन्दरगाहमा रहेको रुसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ ।

तर, रुसी जहाजहरूले सो प्रयासालाई विफल पारेको पनि रुसले जनाएको छ ।

‘आज राति युक्रेनी सशस्त्र बलले नोभोरोसियस्क नौसैनिक आधारमा दुई मानवरहित डुङ्गाहरूद्वारा आक्रमण गर्ने प्रयास गरेको थियो, तर प्रतिकारका क्रममा ती डुङ्गाहरू नष्ट गरिएको छ’ रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नोभोरोसियस्कस्थित ट्याङ्करहरूमा तेल लोड गर्ने क्यास्पियन पाइपलाइन कन्सोर्टियमले सो आक्रमण प्रयासबाट पूर्वाधारमा कुनै क्षति नपुगेको र तेल लोडिङ कार्य सामान्य रूपमा भइरहेको जनाएको छ ।

यद्यपि बन्दरगाहमा जहाज आवागमनमा अस्थायी प्रतिबन्ध भने लगाइएको छ ।

कन्सोर्टियमसँग पाइपलाइन प्रणाली छ जसले काजाकिस्तानलाई नोभोरोसियस्कको बन्दरगाहसँग जोड्छ जहाँ विश्व बजारहरूमा ढुवानीका लागि ट्याङ्करहरूमा तेल लोड गर्ने गरिन्छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १ : ५३ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र