युक्रेनले रुसको कृष्ण सागरमा रहेको नौसैनिक आधारमा आक्रमण गर्ने प्रयास गरेको रुसको दाबी « Khabarhub

युक्रेनले रुसको कृष्ण सागरमा रहेको नौसैनिक आधारमा आक्रमण गर्ने प्रयास गरेको रुसको दाबी


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुङ्गाले कृष्ण सागरको किनारमा अवस्थित नोभोरोसियस्क बन्दरगाहमा रहेको रुसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ ।

तर, रुसी जहाजहरूले सो प्रयासालाई विफल पारेको पनि रुसले जनाएको छ ।

‘आज राति युक्रेनी सशस्त्र बलले नोभोरोसियस्क नौसैनिक आधारमा दुई मानवरहित डुङ्गाहरूद्वारा आक्रमण गर्ने प्रयास गरेको थियो, तर प्रतिकारका क्रममा ती डुङ्गाहरू नष्ट गरिएको छ’ रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नोभोरोसियस्कस्थित ट्याङ्करहरूमा तेल लोड गर्ने क्यास्पियन पाइपलाइन कन्सोर्टियमले सो आक्रमण प्रयासबाट पूर्वाधारमा कुनै क्षति नपुगेको र तेल लोडिङ कार्य सामान्य रूपमा भइरहेको जनाएको छ ।

यद्यपि बन्दरगाहमा जहाज आवागमनमा अस्थायी प्रतिबन्ध भने लगाइएको छ ।

कन्सोर्टियमसँग पाइपलाइन प्रणाली छ जसले काजाकिस्तानलाई नोभोरोसियस्कको बन्दरगाहसँग जोड्छ जहाँ विश्व बजारहरूमा ढुवानीका लागि ट्याङ्करहरूमा तेल लोड गर्ने गरिन्छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १ : ५३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको