सामाखुसी खोलामाथिको ढलान धमाधम भत्काउँदै महानगर

By खबरहब

August 04, 2023

काठमाडौँ काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काउने कार्यलाई तीव्रता दिएको छ ।

सामाखुसी खोला नै छोपिने गरी ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्धारमा समस्या हुने भन्दै महानगरले ढलान भत्काउने कामलाई तीव्रता दिएको हो ।

खोलामाथि ढलान बनाउन नपाउने भएपनि स्थानीयले मापदण्डविपरीत खोलामाथि ढलान बनाएको महानगरको भनाइ छ । महानगरले सामाखुसी, रानीबारी लगायतका क्षेत्रको सवै ढलान हटाउने जनाएको छ ।

केही दिनअघि सामाखुसीमा एक बालक खसेर बेपत्ता भएपछि खोलामाथि रहेको ढलान–स्ल्याबका कारण उद्धारमा समस्या भएको थियो ।