पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास « Khabarhub

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । सन्न्यासको घोषणा गर्दै मल्लले राष्ट्रको आशा र सपनाको प्रतीक बनेर मैदानमा उत्रिँदा इमान्दारिताका साथ शतप्रतिशत दिने प्रयास गरेको भन्दै समग्रमा आफू निकै सन्तुष्ट रहेको बताए ।

स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म खेल्ने क्रममा क्रिकेटले जीवन, युद्ध संकल्प र एकताको शक्तिबारे अमूल्य पाठ सिकाएको उनले बताए ।

आफूले क्रिकेटमा पनि कुनै समय कसैलाई रिप्लेस गरेर नै आएको भन्दै उनले अहिले अन्तर्रास्ट्रिय क्रिकेटको यात्रालाई विराम लगाउने र एउटा फरक यात्रा आरम्भ गर्ने निर्णय लिएको जिकिर गरे । सबैमाझ चिनाउन सफल भएको र मानप्रतिष्ठा दिएको खेलबाट विदा लिन सहज नभएपनि यो यात्राको नयाँ अध्याय भएको उनले बताए ।

केही समययता मल्ल नेपाली टोलीको प्लेइङ ११ बाट बाहिर रहेक थिए । आफ्नो सन्न्यासलाई यस विषयमा राखेर नहेर्न उनले आग्रह गरे ।

मल्लले नेपालका लागि खेलेको ३५ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा ८५६ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रिय खेलमा ८८३ रन बनाएका छन् । सन् २०१८ मा उनले एक दिवसीय अन्तर्राष्ट्रियमा नेदरल्याण्डविरुद्धको खेलमा डेब्यु गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ३ : ०१ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई