अर्थतन्त्रलाई चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौँ : अर्थमन्त्री महत « Khabarhub

अर्थतन्त्रलाई चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौँ : अर्थमन्त्री महत


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा महतले विगतमा पुँजीगत खर्च कम हुँदा आर्थिक वृद्धिदर कम भएको बताए ।

विगतमा अर्थतन्त्रमा देखिएको समस्या बिस्तारै समाधान हुँदै गएको भन्दै उनले  छिल्लो समय विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार आएको उल्लेख गरे । उनले उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा देखिएको समस्या समाधानमा सरकार लागेको उल्लेख गरे ।

उनले राजस्व सङ्कलन गर्ने निकायका कर्मचारीले गर्ने दुरुपयोग, त्रुटि, उदासिनता र निष्क्रियता मान्य नहुने भन्दै पारदर्शिता, राजस्व वृद्धिमा ध्यान निर्देशन दिइसकेको जानकारी दिए ।

मन्त्री महतले वर्तमान सरकारको मुख्य लक्ष्य सुशासन, सेवा प्रवाहमा प्रभाविकारिताको प्रत्याभूति र विकास निर्माणलाई गति दिनु रहेको बताए ।

सो अवसरमा उनले दुई दशकदेखि बन्द वीरगञ्ज चिनी कारखानालगायतका रुग्ण उद्योग पुनःसञ्चालनका विषयमा सरकारले सम्भाव्यता अध्ययन गरिरहेको जानकारी दिए ।

अर्थमन्त्री महतले वीरगञ्जस्थित कृषि औजार कारखाना मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउन अर्थमन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि रु एक करोड बजेट उपलब्ध गराइसकेको पनि जानकारी दिए ।

उनले सरकारसँगको सम्झौताअनुसार केन्द्रलाई रु २५ करोड दिने उल्लेख भएको र त्योमध्ये हालका लागि रु एक करोड अर्थमन्त्रालयबाट निकासा भइसकेको बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ५ : २८ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००