बुटवलमा गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा « Khabarhub

बुटवलमा गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

बुटवल- बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि निःशुल्क ‘अल्ट्रासाउण्ड’ (भिडियो एक्सरे) सेवा सुरु गरेको छ ।

बुटवल उपमहानगरपालिका–९ र ११ का लागि बुद्धनगरस्थित सहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा सुरु भएको घोषणा गरेका हुन् ।

नगर प्रमुख पाण्डेयले नगरले स्वास्थ्यका क्षेत्रमा धेरै काम गरिरहेको जनाउँदै शिशु पोषण कार्यक्रमअन्तर्गत रु दुई हजार, महिलाको पाठेघरको परीक्षण तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम गरिरहेको बताए ।

उनले उपमहानगरपालिकाले १२ वटा स्वास्थ्य संस्थालाई अझ सुविधासम्पन्न बनाउने र छिट्टै नै बुटवल–१३ र १७ मा सुविधासम्पन्न अस्पताल सञ्चालन हुने बताए ।

उनले महिलाको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर नियमितरुपमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिरहेको बताए । उनले चालु आर्थिक वर्षमा ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने, गर्भवती तथा सुत्केरीलाई दुग्धवर्धक जटीबुटीजन्य सामग्री प्रदान गर्ने र दन्त शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदनारायण चौधरी, वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठ, ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बुटवलमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए ।

अबदेखि बुटवलका १२ वटै स्वास्थ्य संस्थामध्ये बुद्धनगरको सहरी स्वास्थ्य संस्थामा हरेक महिना तीन दिन र अन्य संस्थाबाट हरेक महिना एकदिन गर्भवती महिलाको भिडियो एक्सरे निःशुल्क सेवा सञ्चालन हुने स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले बताए ।

बुटवलका बासिन्दाका लागि लक्षित भएकाले सेवाग्राहीको चापलाई ध्यानमा राखेर सेवा विस्तार गर्ने उनले बताए । सेवाग्राहीको चाप र मागअनुसार सबै स्वास्थ्य संस्थाबाट नियमितरुपमा निःशुल्क सेवा दिने गरी तयारी भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ५ : ३३ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती