‘जलवायु मुद्दामा चीन गम्भीर भएन’ « Khabarhub

‘जलवायु मुद्दामा चीन गम्भीर भएन’


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमाथि जलवायु मुद्दामा गम्भीर नभएको आरोप लागेको छ । केही समयअघि अमेरिकी जलवायु दूत जोन केरी चीन भ्रमणमा गएका थिए ।

जलवायु परिवर्तनका प्रतिकूल प्रभाव कम गर्ने सन्दर्भमा चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न बेइजिङ पुगेका केरीलाई चीनका उपराष्ट्रपति हान झेङले जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्न चीन तयार रहेका तर त्यसका लागि चीनका राजनीतिक माग पूरा हुनुपर्ने शर्त अघि सारेका थिए ।

पारस्परिक सम्मानमा आधारिकत चीन–अमेरिका सम्बन्धलाई अघि बढाउन बेइजिङ तयार रहेको र जलवायुसम्बन्धी मुद्दामा बहस गर्न पनि प्रतिबद्ध रहेको तर ताइवान मामिला, दक्षिण चीन सागर विवादलगायत विषयमा अमेरिकी हस्तक्षेप अस्वीकार्य हुनेमा उनले जोड दिएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

पछिल्लो समय जलवायु परिवर्तनसम्बन्धी विषयलाई लिएर अमेरिका र चीनबीचको मतभेद अझ बढेको छ । तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गर्दा चिसिएको अमेरिका–चीन सम्बन्ध जलवायु परिवर्तनका विषयलाई लिएर अझ बिग्रिएको छ ।

सन् २०३० सम्म कार्बनडाइअक्साइड उत्सर्जन बन्द गर्ने र सन् २०६० सम्ममा कार्बन न्युट्रल बन्ने लक्ष्य प्राप्तिमा चीन बाधक हुन नहुनेमा अमेरिकाको जोड छ ।

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरसँगको भेटमा पनि चिनियाँ विदेश मामिला आयोगका निर्देशक तथा पूर्वविदेशमन्त्री चीनका वाङ यीले पनि ताइवानलाई अमेरिकाले दिँदै आएको सहयोग रोकिनुपर्ने तथा राष्ट्रपति साई इंग–वेनको नेतृत्वको ताइवान सरकारसँगको सम्पर्कबाट टाढा रहनुपर्ने शर्त पेश गरेका थिए ।

एक स्वतन्त्र नागरिकको रुपमा बेइजिङ भ्रमणमा पुगेका किसिञ्जरमार्फत अमेरिकालाई चीनले ताइवानको ‘स्वतन्त्र अस्तित्व अस्वीकार गर्नुपर्छ’ भन्ने सन्देश दिएको थियो ।

तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले अबलम्बन गरेको नीतिलाई नै बाइडेन प्रशासनले पनि निरन्तरता दिएको छ । उत्पादन र उपभोगमा विश्वको अग्रणी राष्ट्र चीनमा कोइलाका नयाँ थर्मल पावर प्लान्ट निर्माण भइरहेका छन् । यसबाट जलवायु परिवर्तनका गम्भीर मुद्दालाई ओझेलमा पारेको टिप्पणी गरिएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार सन् २००६ देखि कार्बन उत्सर्जनमा अमेरिकालाई उछिनेको चीनले यसमा आफूलाई अझै पनि अग्रपङ्तिमा कायम राखेको छ ।

यद्यपि अमेरिकाको कार्बन उत्सर्जमा भने केही कमी आएको छ । चीन विश्वको सबैभन्दा अधिक कार्बनडाइअक्साइड उत्सर्जन गर्ने देश बनेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ६ : ३९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्