पत्रकार महासंघद्वारा आन्दोलन सुरु « Khabarhub

पत्रकार महासंघद्वारा आन्दोलन सुरु


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारका पक्षमा आन्दोलन सुरु गरेको छ ।

महसंघले शुक्रबार पत्रकारका समस्या सुनाउनका लागि प्रेस रजिष्ट्रारको जिम्मेवारी पाएको कार्यालयको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको हो ।

पछिल्लो समय पत्रकारलाई विभिन्न सञ्चारगृहले न्यूनतम पारिश्रमिक नदिएको तथा सेवाबाट नै हटाउन थालेको उजुरी परेपछि महासंघ आन्दोलनमा उत्रिन बाध्य भएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।

पत्रकारिता क्षेत्रको गुणस्तर र व्यवसायिक विकासको कुरा गर्दा श्रमको सम्मान हुने क्षेत्रका रुपमा अघि बढाउन प्रेस रजिष्ट्रारको कार्यालय पनि गम्भीर हुनुपर्ने उनले बताए ।

उनले पत्रकारहरु तलब पाउनका लागि अदालत जानुपर्ने अवस्था आउन नदिनका लागि सरोकारवालाहरुको दबबमूलक ध्यानाकर्षण गराइने उल्लेख गरे ।

प्रदर्शनपछि महासंघले सूचना तथा प्रसारण विभागमा ध्यानाकर्षण पत्रसमेत बुझाएको थियो । श्रमजीवी पत्रकारका समस्या समाधान गर्न साउन २६ देखि श्रम कार्यालयमा धर्ना दिने तथा भदौ १ गते पुराना सम्झौता कार्यान्वयन नभएका तथा श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार प्रतिष्ठान घेराउ गरिने महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ७ : ०१ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको