पत्रकार महासंघद्वारा आन्दोलन सुरु « Khabarhub

पत्रकार महासंघद्वारा आन्दोलन सुरु


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारका पक्षमा आन्दोलन सुरु गरेको छ ।

महसंघले शुक्रबार पत्रकारका समस्या सुनाउनका लागि प्रेस रजिष्ट्रारको जिम्मेवारी पाएको कार्यालयको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको हो ।

पछिल्लो समय पत्रकारलाई विभिन्न सञ्चारगृहले न्यूनतम पारिश्रमिक नदिएको तथा सेवाबाट नै हटाउन थालेको उजुरी परेपछि महासंघ आन्दोलनमा उत्रिन बाध्य भएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।

पत्रकारिता क्षेत्रको गुणस्तर र व्यवसायिक विकासको कुरा गर्दा श्रमको सम्मान हुने क्षेत्रका रुपमा अघि बढाउन प्रेस रजिष्ट्रारको कार्यालय पनि गम्भीर हुनुपर्ने उनले बताए ।

उनले पत्रकारहरु तलब पाउनका लागि अदालत जानुपर्ने अवस्था आउन नदिनका लागि सरोकारवालाहरुको दबबमूलक ध्यानाकर्षण गराइने उल्लेख गरे ।

प्रदर्शनपछि महासंघले सूचना तथा प्रसारण विभागमा ध्यानाकर्षण पत्रसमेत बुझाएको थियो । श्रमजीवी पत्रकारका समस्या समाधान गर्न साउन २६ देखि श्रम कार्यालयमा धर्ना दिने तथा भदौ १ गते पुराना सम्झौता कार्यान्वयन नभएका तथा श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार प्रतिष्ठान घेराउ गरिने महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ७ : ०१ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो