उत्तराखण्ड पहिरोमा बेपत्ता भएकाको खोजीमा समन्वय गर्न परराष्ट्रलाई गृहको पत्र « Khabarhub

उत्तराखण्ड पहिरोमा बेपत्ता भएकाको खोजीमा समन्वय गर्न परराष्ट्रलाई गृहको पत्र


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

केदारनाथ यात्रा मार्गको गौरीकुण्ड डाटपुलिया नजिक गएको पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको विषयमा समन्वयका लागि गृहले परराष्ट्रलाई अनुरोध गरेको हो।

स्थानीय हिलवाणी न्युज पोर्टलले प्रकाशित गरेको समाचारलाई उद्धृत गर्दै गृहले खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय गर्न अनुरोध गरेको छ।

घटनामा ४ जनाको शव भेटिएको र १५ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बेपत्ता रहेकामा १३ नेपाली, तीन स्थानीय र बाँकी भारतको अन्य राज्यका भएको उत्तराखण्डको अनलाइन हिलवाणी न्युजले बताएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ११ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार