विद्यालय शौचालयको पर्खाल भत्किँदा घाइते भएकी बालिकाको मृत्यु « Khabarhub

विद्यालय शौचालयको पर्खाल भत्किँदा घाइते भएकी बालिकाको मृत्यु


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

गुलरिया – बर्दियाको एक निजी विद्यालयको शौचालयको पर्खाल भत्किँदा घाइते भएकी बालिकाको मृत्यु भएको छ।

बढैयाताल गाउँपालिका- ७ तिल्कानामा रहेको रिभर क्विन्स बोर्डिङ स्कूलमा रहेको शौचालयको पर्खाल भत्किँदा बुधबार घाइते भएकी कक्षा ३ मा अध्ययनरत ९ वर्षीया मेरिना थारूको मृत्यु भएको हो।

बढैयातालको फूलपुर निवासी उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरीको भनाइ छ। बुधबार दिउँसो करिब पौने ३ बजे बालिका शौचालय गएकोमा पर्खाल एक्कासी भत्किएपछि बालिकाको पेट तथा चिउँडोमा चोट लागेको थियो।

बाँकेको नेपालगञ्जको बाँकेस्थित भेरी अस्पतालमा उपचार भइरहेकी बालिकाको शुक्रबार दिउँसो साढे १ बजे निधन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : २९ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान