अमरनाथ यात्रामा श्रद्धालुको घुइँचो « Khabarhub

अमरनाथ यात्रामा श्रद्धालुको घुइँचो


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतको जम्मु कश्मीरमा आयोजना हुने पवित्र अमरनाथ यात्रामा यस वर्ष पनि लाखौँ श्रद्धालु सहभागी भएका छन् । यस वर्षको अमरनाथ यात्रामा अघिल्लो वर्षभन्दा धेरै श्रद्धालु सहभागी भएका छन् ।

गत वर्ष ३ लाख ६५ हजार ७ सय २१ जना श्रद्धालुले अमरनाथ यात्रा गरेकोमा यस वर्ष चार लाखभन्दा धेरै श्रद्धालुले अमरनाथको यात्रा गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस वर्षको यात्रामा प्रख्यात ब्याडमिन्टन खेलाडी साइना नेहवाल र बलिउड नायिका सारा अली खान पनि सहभागी थिइन् । यसबाहेक पहिलेको तुलनामा यस वर्ष अमरनाथ यात्रा गर्ने विदेशीको सङ्ख्यामा पनि वृद्धि भएको एएनआईले जनाएको छ ।

१२ किलोमिटर दूरीको यस अमरनाथ यात्रालाई हिन्दू धर्ममा निकै महत्वपूर्ण मानिन्छ । १३ हजार फिटको उचाईमा अमरनाथ गुफामा रहेको मन्दिरसम्मको यात्रा निकै कष्टपूर्ण हुने बताइन्छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ३८ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र