अमरनाथ यात्रामा श्रद्धालुको घुइँचो | Khabarhub Khabarhub

अमरनाथ यात्रामा श्रद्धालुको घुइँचो


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतको जम्मु कश्मीरमा आयोजना हुने पवित्र अमरनाथ यात्रामा यस वर्ष पनि लाखौँ श्रद्धालु सहभागी भएका छन् । यस वर्षको अमरनाथ यात्रामा अघिल्लो वर्षभन्दा धेरै श्रद्धालु सहभागी भएका छन् ।

गत वर्ष ३ लाख ६५ हजार ७ सय २१ जना श्रद्धालुले अमरनाथ यात्रा गरेकोमा यस वर्ष चार लाखभन्दा धेरै श्रद्धालुले अमरनाथको यात्रा गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस वर्षको यात्रामा प्रख्यात ब्याडमिन्टन खेलाडी साइना नेहवाल र बलिउड नायिका सारा अली खान पनि सहभागी थिइन् । यसबाहेक पहिलेको तुलनामा यस वर्ष अमरनाथ यात्रा गर्ने विदेशीको सङ्ख्यामा पनि वृद्धि भएको एएनआईले जनाएको छ ।

१२ किलोमिटर दूरीको यस अमरनाथ यात्रालाई हिन्दू धर्ममा निकै महत्वपूर्ण मानिन्छ । १३ हजार फिटको उचाईमा अमरनाथ गुफामा रहेको मन्दिरसम्मको यात्रा निकै कष्टपूर्ण हुने बताइन्छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ३८ बजे

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र