बीआरआई सम्झौताबाट अलग हुने इटालीको तयारी « Khabarhub

बीआरआई सम्झौताबाट अलग हुने इटालीको तयारी


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

रोम- युरोपेली मुलुक इटाली चीनसँगको बीआरआई सम्झौताबाट अलग हुने भएको छ । इटालियन रक्षामन्त्री गुइदो क्रोसेट्टोले चीनसँगको सम्बन्धमा कुनै असर नपर्नेगरी आफ्नो मुलुकले बीआरआईबाट पछि हट्ने तयारी गरेको घोषणा गरेका हुन् ।

कोरिएरे डेला सेरा अखबारलाई दिएको अन्तरवार्तामा उनले ‘सम्बन्धमा असर नपर्नेगरी उक्त सम्झौताबाट कसरी पछि हट्ने भन्ने आजको मुख्य मुद्दा रहेको’ उल्लेख गरेका हुन् । अन्तरवार्तामा उनले चीन साझेदारमात्र नभएर प्रतिस्पर्धी पनि भएको बताए ।

यसअघि गत मे महिनामा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले बीआरआई परियोजनाको हिस्सा नहुँदापनि आफ्नो मुलुकले चीनसँग राम्रो सम्बन्ध राख्न सक्ने उल्लेख गरेकी थिइन् । उनको भनाइसँगै बीआरआईबाट पछि हट्न इटाली इच्छुक रहेको सन्देश गएको थियो ।

गुइसिपे कोन्टेको सरकारले इटालीलाई यस परियोजनामा सामेल गराएको र यसबाट दोहोरो नकारात्मक परिणाम आएको रक्षामन्त्री क्रोसेट्टोले बताए

। सन् २०१९ मा इटालीले चीनसँग बीआरआई सम्झौतामा हस्ताक्षर गरेको थियो । इटाली चीनको बीआरआई सम्झौतामा हस्ताक्षर गर्ने जी ७ को पहिलो सदस्य मुलुक हो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ५७ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने