सुन प्रकरण : विभागबाट फाइल आएपछि सिआइबीले थप अनुसन्धान थाल्ने « Khabarhub

सुन प्रकरण : विभागबाट फाइल आएपछि सिआइबीले थप अनुसन्धान थाल्ने


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक सय किलो सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप अनुसन्धान गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सिआइबीले उक्त प्रकरणमा सङ्गठित अपराध र अन्तरदेशीय अपराधको सन्दर्भमा अनुसन्धान गर्न लागेको हो ।

नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले राजस्व अनुसन्धान विभागबाट आवश्यक फाइल उपलब्ध भएपछि सिआइबीले अनुसन्धान थाल्ने जानकारी दिए ।

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो ।

उक्त घटनामा एक जना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेको थियो । अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरी विभागले अनुसन्धान गरिरहेको छ ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले विभागबाट एक चरणको अनुसन्धान गरिएको र उक्त प्रकरणमा थप अनुसन्धान सिआइबीबाट गर्ने विषयमा महान्यायाधिवक्ताको कार्यालयसँग छलफल गरेर अघि बढ्ने बताए ।

हिजो साँझ प्रधानमन्त्री दाहालले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुख तथा सम्बद्ध अधिकारीसँगको छलफलमा उक्त प्रकरणको थप अनुसन्धान सिआइबीबाट गर्न निर्देशन दिएका थिए।

उक्त छलफलमा विभागबाट एक चरणको अनुसन्धान गरी निष्कर्षमा पुर्याएको र बाँकी सङ्गठितलगायत आर्थिक अपराधमा थप अनुसन्धान सिआइबीबाट गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ९ : ५३ बजे

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०