लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक जारी « Khabarhub

लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक जारी


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक बर्दिबासमा बसिरहेको छ । बिस्तारित बैठकले मुख्यतः ५ वटा एजेण्डामा छलफल गर्ने लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनालले जानकारी दिए ।

समसामयिक राजनितिक अवस्था, मधेशका मुद्दा  एवं आगामी रणनीतिको विषयमा विशेष गरि केन्द्रित रहने लोसपाले जनाएको छ । यही बैठकबाट बुथ समितिसम्मको संगठन निर्माणको कार्यनीति बनाइने र पार्टी सञ्चालनको लागी अर्थनीति एवं केन्द्रीय सर्कुलरअनुसारको लेवीको विषयमा समेत गहन छलफल हुने जनाइएको छ ।

अध्यक्ष जितेन्द्र साह सोनालका अनुसार पार्टी एवं सरकारबीचको सम्बन्ध र स्थानीय तह तथा विविध विषयमा छलफल गरिनेछ ।

उक्त विस्तारित बैठकमा लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरदसिंह भण्डारी, राजेन्द्र महतो लगायतका नेताहरुको उपस्थिति छ । 

 

 

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १२ : ४३ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका