लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक जारी « Khabarhub

लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक जारी


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक बर्दिबासमा बसिरहेको छ । बिस्तारित बैठकले मुख्यतः ५ वटा एजेण्डामा छलफल गर्ने लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनालले जानकारी दिए ।

समसामयिक राजनितिक अवस्था, मधेशका मुद्दा  एवं आगामी रणनीतिको विषयमा विशेष गरि केन्द्रित रहने लोसपाले जनाएको छ । यही बैठकबाट बुथ समितिसम्मको संगठन निर्माणको कार्यनीति बनाइने र पार्टी सञ्चालनको लागी अर्थनीति एवं केन्द्रीय सर्कुलरअनुसारको लेवीको विषयमा समेत गहन छलफल हुने जनाइएको छ ।

अध्यक्ष जितेन्द्र साह सोनालका अनुसार पार्टी एवं सरकारबीचको सम्बन्ध र स्थानीय तह तथा विविध विषयमा छलफल गरिनेछ ।

उक्त विस्तारित बैठकमा लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरदसिंह भण्डारी, राजेन्द्र महतो लगायतका नेताहरुको उपस्थिति छ । 

 

 

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १२ : ४३ बजे

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व संकलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२-८३ को

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको