शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन ढिलो नगरौँ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ « Khabarhub

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन ढिलो नगरौँ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन अब कुनै पनि बहानामा ढिलाइ गर्न नहुने बताएका छन् ।

सोमबार काठमाडौँको नयाँ बानेश्वरमा आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी सम्मेलनमा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले विश्व मानचित्रमा द्वन्द्व पीडित देशबाट नेपाललाई शान्तिमय देशमा बदल्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा उनले विश्वमा शान्तिमय देशको रूपमा संसारको मानचित्रमा चिनिएको देश भएपनि विश्व मानचित्रमा द्वन्द्वपीडित राष्ट्रमा हामी चित्रित हुन पुगेको उल्लेख गरे ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सदनमा विचाराधीन सङ्क्रणकालीन न्यायसँग सम्बन्धित विधेयकमा भएका कमीकमजोरी सच्याउन सकिएमा शान्ति प्रक्रियाका बाँकी काम छिट्टै निष्कर्षमा पुग्ने बताए ।

“हामी दिगो शान्तिको बाटोमा छौँ, त्यसको आधार न्याय हो, न्यायलाई इन्कार गरे शान्ति सम्भव हुँदैन”, उनले भने, “कुनै पनि बहानामा सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन विलम्ब गर्न हुँदैन ।”

सदनमा दर्ता भएको विधेयकलाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिँदै उनले सङ्क्रणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सबै पक्षले उदारता देखाउनुपर्ने बताए ।

सशस्त्र द्वन्द्वपछि लडाकुको सेनामा समायोजन र समाजमा पुनःस्थापना, नयाँ संविधान निर्माण भए पनि लामो समयसम्म न्यायनिरुपण हुन नसक्नु दुःखद् भएको उनले बताए ।

उनले वर्तमान सरकारकै पालामा शान्ति प्रक्रिया टुङ्गोमा पुग्ने विश्वाससमेत व्यक्त गरे । पीडितले लामो समयदेखि न्यायको प्रतीक्षा गरिरहेको उल्लेख गर्दै उनले दृढताका साथ लागे यसलाई पनि समाधान गर्न सकिने धारणा राखे ।

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन पीडितले अन्याय सहनुपर्छ भन्न तर्कसँगै विमति राख्दै उनले न्यायका माध्यमबाट समाधान निकाल्नुपर्ने जनाए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १ : १८ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।