चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी | Khabarhub Khabarhub

चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

नारायणगढ- चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारी साधन सञ्चालनमा ल्याएका हुन् । चार यातायात व्यसायीले ४६ विद्युतीय बस सञ्चालनमा ल्याएका छन् ।

नारायणगढ–हेटौँडा–वीरगञ्ज र नारायणगढ–काठमाडौँका लागि विद्युतीय बस सञ्चालनमा ल्याइएको भरतपुर महानगर यातायात प्रालिका अध्यक्ष चीनबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार महानगर यातायात प्रालिले छ सवारी नारायणगढ–काठमाडौँका लागि सञ्चालनमा ल्याएको छ भने त्रिनेत्र र चौतारी यातायात प्रालिले सञ्चालनमा ल्याएका सबै बस नारायणगढ–काठमाडौँका लागि सञ्चालन भइरहेका छन् ।

राज्यले विद्युतीय सवारी साधन सञ्चालनका लागि ल्याएको नीतिअनुसार विद्युतीय बस सञ्चालनमा ल्याइएको बोहोराले बताए । वातावरण प्रदूषण नहुने भएकाले पनि यस प्रकारका सवारी उपयुक्त हुने उनको भनाइ थियो । डिजेलको मूल्यवृद्धि भइरहेका बेला विद्युतीय सवारी साधन सञ्चालन गर्दा मितव्ययिता समेत हुने उनले बताए ।

हाल सञ्चालनमा आएका सवारी साधनमा ६० किलोवाट मोटरपावर जडान गरिएको जनाउँदै बोहोराले गाडी एकपटक पूर्णरुपमा चार्ज गरेपछि दुई सय किलोमिटरसम्म गुड्ने बताए । चालकसहित ११ जना अट्ने सवारी प्रदूषणरहित र आरामदायी भएको नारायणगढबाट सिमारा जाँदै गरेका यात्रु लोक खड्काले बताए । डिजेलबाट चल्ने गाडीभन्दा यो गाडी सफा र आरामदायी भएको उनको भनाइ थियो ।

सञ्चालन भएयता यात्राका लागि मिलेसम्म विद्युतीय सवारी रोज्ने गरेको उनले बताए । नारायणगढबाट वीरगञ्ज जान लागेका अप्रोज आलमले आफूले पहिलो पटक विद्युतीय सवारी चढ्न लागेको भन्दै फरक महसुस गरेको बताए । गाडी चढ्दै गर्दा सफा, आवाज कम र आरामदायी पाएको पहिलो पटक विद्युतीय सावारी चढ्दाको अनुभवसहितको यात्रा आरादायी हुने उनले विश्वास व्यक्त गरे ।

चितवन छाहारी यातायात प्रालिका अध्यक्ष बद्री पौडेलले विद्युतीय सवारीमा यात्रा गर्दा सफा, आवाज नआउने र पूर्णरुपमा वातावरण अनुकूलित हुने जनाउँदै यो यात्रुको पहिलो रोजाइँमा पर्ने बताए । डिजेलबाट चल्ने बसमा भन्दा विद्युतीय गाडीमा यात्रा गर्दा भाडामा केही महँगो भए पनि यात्रुको कुनै गुनासो नआएको उनको भनाइ थिए ।

उनका अनुसार भरतपुरबाट हेटौँडासम्म पुगेको रू दुई सय ८०, वीरगञ्जसम्मको रू चार सय र नारायणगढ–काठमाडौँको भाडा रू पाँच सय भाडादर रहेको छ । सत्तरी प्रतिशतसम्म बैंकले लगानी गरिदिने जनाउँदै पौडेलले यस सवारी व्यवसायीका लागि पनि सन्तोषजनक रहेको बताए । “यसको मुख्य समस्या चार्जिङको हो । सरकारले ठाउँठाउँमा चार्जिङ पोइन्ट बनाइदिने हो भने यस्ता सवारी सञ्चालन गर्न थप सहज हुँदै जानेछ”, उनले भने । एउटा सवारी चार्ज हुनका लागि एक घण्टा लाग्ने हुँदा स्टेशनमा रहेका चार्जिङ पोइन्टको सङ्ख्या पनि सवारीअनुसार थप हुँदै जानुपर्ने उनले बताए ।

नारायणगढ–वीरगञ्ज रुटमा चल्ने मधेस प्रदेश ०३–००१ ज ३६४ नम्बरको सवारीका चालक वृज किशोर प्रसादले डिजेलको बसमाभन्दा विद्युतीय बसमा धेरै मुनाफा रहेको बताए । मुनाफा राम्रो भए पनि चार्जिङको समस्याले सताउने गरेको उनले गुनासो गरे । डिजेल गाडीभन्दा यो गाडीकोे पिकअपसमेत राम्रो रहेको उनको भनाइ थियो ।

नारायणगढ–हैटौँडा रुटमा सवारी चलाउने कृष्ण बस्ताकोटीले पनि विद्युतीय सवारीको सबै पक्ष राम्रो भए पनि चार्जिङ पोइन्टकै समस्या हुने गरेको बताए । सवारीको सङ्ख्या बढ्दै जाँदा चार्ज गर्न घण्टौँ कुर्नुपर्ने बाध्यता आएको भन्दै रुटको ठाउँठाउँमा चार्जिङ पोइन्ट हुनुपर्ने उनको माग थियो । जिल्लामा पछिल्लो छ महिनादेखि विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका हुन् । ११ सिट क्षमता भएको सवारी खरिद गर्दा रू ४४ लाख हाराहारी पर्ने र पाँच वर्षको ग्यारेन्टी निर्माण कम्पनीले लिने व्यवसायीको भनाइ छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  २ : ३२ बजे

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न

हेटौंडाबाट पाँच जना जुवाडे पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-१६ गौरीटार रंगाशाला बस्ने दामोदर चौलागाईंको गोठमा जुवातास खेलिरहेको

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-२

जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला– जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि

जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण

दमौली– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ