संघीय निजामती विधेयक चाँडै संसदमा पठाउँछौं : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

संघीय निजामती विधेयक चाँडै संसदमा पठाउँछौं : प्रधानमन्त्री प्रचण्ड


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयक केही दिनमै संसदमा पेश हुने बताएका छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले यसअघि आवश्यक परिमार्जन गरेर अघि बढाउन ढिला भएको र सकेसम्म भोलिको मन्त्रिपरिषदको बैठकबाटै पारित गरेर उक्त विधेयक संसदमा पठाइने बताए ।

उनले संविधान बमोजिम बन्न बाँकी रहेका कानूनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको पनि बताए ।प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले संविधान कार्यान्वयन कार्ययोजना बनाई कानून निर्माणको कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै गइरहेको बताए ।

‘संविधान कार्यान्वयन गर्न बनाउनुपर्ने कानूनहरूको पहिचान तथा प्राथमिकीकरण गरी अधिकांश कानूनहरू निर्माण भइसकेका छन् । मौलिक हक कार्यान्वयनका लागि आवश्यक पर्ने कानून निर्माण तथा सुधारको कार्य मूलभूत रूपमा सम्पन्न भइसकेको छ ।’ उनले भने ‘नेपालको संविधान जारी भएपश्चात् हालसम्म नयाँ र संशोधनसमेत गरेर १९१ वटा ऐन निर्माण भएको अवस्था छ । साथै, विभिन्न मितिमा जारी भएका केही नेपाल ऐनलाई संशोधन गर्ने ऐनबाट प्रचलित कानूनहरूलाई नेपालको संविधान अनुकूल बनाउने कामसमेत सम्पन्न गरिएको छ ।’

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ३ : ०८ बजे

बर्दिबास साक्षर नगर घोषणा

महोत्तरी– बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै

‘मेक्सिको दबाबसँग इङ्गल्यान्ड डराउँदैन’

काठमाडौँ – इङ्गल्यान्डका पूर्वकप्तान एलन शियररले विश्वकपको अन्तिम १६ मा

इङ्गल्यान्डसँग भारत ४ विकेटले पराजित

काठमाडौँ – जेकब बेथेलको उत्कृष्ट ब्याटिङ र साम करनको घातक

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र