एसिया कप क्रिकेट : नेपालले गुमायो पाचौँ विकेट, आशिफ शेख आउट « Khabarhub

एसिया कप क्रिकेट : नेपालले गुमायो पाचौँ विकेट, आशिफ शेख आउट


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा पाँचौँ विकेट गुमाएको छ । २९ दशमलव ५ ओभरमा एक सय ३२ रन बनाउँदा नेपालले पाँच विकेट गुमाएको हो ।

श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले पाँचौँ विकेटका रुपमा आशिफ शेखलाई गुमाएको हो । आशिफ खेलको २९ दशमलव ५ ओभरमा आउट भएका हुन् ।

उनले ९७ बलमा आठ चौकाको मद्दतमा ५८ रन बनाए । नेपालले यसअघि कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ललाई गुमाएको थियो ।

कुशलले ३८ रन बनाए भने भीमले सात, रोहितले ५ तथा कुशलले दुई रन जोडेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ५ : २९ बजे

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी