क्रिप्टो कारोबारमा संलग्न एक जना पक्राउ « Khabarhub

क्रिप्टो कारोबारमा संलग्न एक जना पक्राउ


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्रिप्टो कारोबारमा संलग्न एक जना पक्राउ परेका छन् ।

सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा सेलर ग्रुपमा आबद्ध भई बाइनान्समार्फत् क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको वलेफी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्दै आएका २७ वर्षीय पुरुषोत्तम कार्कीलाई पक्राउ गरेको हो ।

उनले विभिन्न व्यक्तिहरुको बाइनान्स आइडीमार्फत् ३७२६.९८ युएसडीटी बराबरको राखी सोही बाइनान्सबाट विभिन्न ब्यक्तिहरुको बैंक खातालगायत वालेटहरुमा रकम ट्रान्सफर गरी क्रिप्टो कारोबार गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ६ : ४५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज