बाँकेमा विद्युत हुकिङ गरेर चोरी « Khabarhub

बाँकेमा विद्युत हुकिङ गरेर चोरी


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेमा प्रत्यक्ष रुपमा विद्युत् हुकिङ गरेर विद्युत्को चोरी भएको छ । त्यसबाहेक मिटरबाट समेत विद्युत् चोरी भएको नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ ।

जिल्लाका नेपालगञ्ज–४, जयसपुर, हिरीमिनिया, कम्दी, डुडुवालगायत क्षेत्रबाट विद्युत्को हुकिङ गरेर विद्युत् चोरी भएको नेपालगञ्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले जानकारी दिए।

आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म सात जनालाई पक्राउ गरिएको जानकारी दिँदै उहाँले छड्के निरीक्षणका क्रममा विद्युत् चोरी भएको पाइएको बताए । अवैध रुपमा विद्युत् चोरी गरेकाहरूबाट रु दुई लाख ९३ हजार पाँच सय ४६ राजस्वसमेत सङ्कलन भएको वितरण केन्द्रले जानकारी दिएको छ ।

आव २०७९/८० मा पनि डुडुवा, हिरीमिनिया, खजुराको सी गाउँ लगायतका ठाउँबाट विद्युत् चोरी भएको थियो । उक्त विद्युत् चोरी भएका क्षेत्रबाट करिब रु दुई लाख २० हजार राजस्व सङ्कलन भएको वितरण केन्द्रले उल्लेख गरेको छ ।

वितरण केन्द्रका प्रमुख प्याकुरेलले पछिल्लो समय विद्युत् चोरीको घटनामा कमी आएको उल्लेख गर्दै चोरी हुने क्षेत्रमा निगरानी बढाइएको जानकारी दिए। उनले तरकारीको पकेट क्षेत्रमा विद्युत्का लागि मिटरको माग बढी रहेको र सबै वडामा विद्युत् विस्तार भएर पनि बजार र बाटो साँघुरो भएका कारण ट्रान्सफर्मर राख्ने स्थानको अभाव भएको बताए ।

“टोलटोलमा ट्रान्सफर्मर राख्ने अवस्था आएको छ, तर पोललाई आड लगाउने स्थान पनि छैन”, उनले भने। त्यस्तै विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रमा अहिलेसम्म रु ४४ करोड २५ लाख ४३ हजार एक सय ३७ बक्यौता रहेको छ । सो बक्यौतामध्ये सबैभन्दा बढी सडक बत्तीको रु १८ करोड ६८ लाख ९९ हजार नौ सय ६४ रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ९ : १५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब