यो मौसममा बच्चाको हेरचाह कसरी गर्ने ? « Khabarhub

यो मौसममा बच्चाको हेरचाह कसरी गर्ने ?

‘सामान्य ज्वरो आए झोलिलो खानेकुरा दिएर न्यानोमा राख्दा बच्चा निको हुन्छ’


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

‘सामान्य ज्वरो आए झोलिलो खानेकुरा दिएर न्यानोमा राख्दा बच्चा निको हुन्छ’अब विस्तारै जाडो सुरु हुँदैछ। जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी र त्यसको कारण हुने जटिलता तथा दीर्घ असरहरूको हो। नाकबाट पानी बग्ने समस्या पनि बालबालिकामा यो मौसममा देखिने गरेको छ। बालबालिकामा निमोनियाको समस्या बढी हुन्छ भन्ने गरिन्छ। उनीहरुमा लाग्ने मौसमी रुघाखोकीको समयमा राम्रोसँग उपचार नगर्दा निमोनिया हुनेगर्छ। चिसो मौसममा बालबालिकामा कस्तो समस्या देखापर्छ ? घरमा नै के उपचार गर्न सकिन्छ ? लगायतका विषयमा खबरहबका लागि बालरोग विशेषज्ञ डा. दीपक राजभण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

चिसोमा बालबालिकालाई कस्तो समस्याले बढी सताउछ ?
जाडो बढेसँगै बालबालिकामा सिँगान बग्ने रुघाखोकीको समस्याले धेरै दुःख दिन्छ। चिसोमा बालबालिकालाई नुहाइदिनु हुन्छ र त्यसले पनि चिसो लाग्छ। कुनै बच्चालाई दम छ भने पनि चिसोले धेरै दुःख दिनसक्छ। बालबालिकामा विशेषगरी श्वासप्रश्वासको समस्या हुन्छ। रुघाखोकी, निमोनियालगायतका समस्या देखा पर्नसक्छन्।

कस्तो बच्चामा बढी समस्या हुने हो ?
समान्य रुघाखोकी प्राय सबै बच्चामा हुन्छ। तर यही सामान्य रुघाखोकीमा बच्चालाई न्यानो बनाएर राख्यो भने धेरै समस्या आफै ठिक हुन्छ। स्कुल जाने साना बच्चाहरूमा यस्तो समस्या अरू बच्चाबाट पनि सर्नसक्छ। त्यसमा अविभावकले ध्यान दिनुपर्छ।

यस्तो समस्या हुँदा घरमा के गर्ने सकिन्छ ?
साधारण ज्वरो रुघाखोकी लाग्यो भने सामान्य रुपमा उनीहरुको तापक्रममा राख्ने, मनतातो पानी, सुप, बेसार पानी खुवाउने, नाक थुनियो भने तोरीको तेलले सफा गर्ने, नुन पानी राखेर नाक सफा गर्ने, न्यानो कपडा लगाइदिने गर्दा अस्पताल पुग्नु पर्दैन। तर धेरै लापरबाही गरेर तीन दिन भन्दा बढी ज्वरो आयो भने अस्पताल नै जानुपर्छ।

मेडिकल गएर आफै औषधि किनेर ल्याएर खुवाउनु कतिको उपयुक्त छ ?
रुघाखोकी लाग्यो भने मेडिकल गएर कुनै औषधि खुवाउनु पर्दैन। त्यसको लागि घरमा नै तातोपानी, झोलिलो खाना र तातो बनाएर राख्दा निको हुन्छ। यसो गर्दा पनि निको भएन भने सम्बन्धित डाक्टरकोमा गएर जाँच नै गराउनु पर्दछ। मेडिकलमा गयो भने औषधि त दिनुहुन्छ। तर त्यसले धेरै फाइदा गर्दैन। त्यसैले डाक्टरको सल्लाह बिना औषधि खुवाउनु राम्रो होइन।

बालबालिकालाई न्यानो बनाउने भनेर बढी कपडा लगाइदिदाँ पसिना आउँछ। त्यो पसिनाले कत्तिको असर गर्छ ?
बढी पसिना आयो भने कपडा भिज्छ। पसिना भिजेपछि भित्र चिसो पसेर छातीको समस्या आउँछ। त्यसैले कोठाको तापक्रम मिलाउदा धेरै कपडा लगाउनु पर्दैन। आमाको दूध चुस्दा पनि पसिना आउँछ। पसिनाले देखियो भने भित्रको भोटो मात्र परिवर्तन गर्दा हुन्छ।

खाना खाने बालबालिकाको ख्याल कसरी गर्ने ?
६ महिनादेखि ३ वर्ष मुनिको बच्चा जुन स्कुल जाँदैनन् उनीहरू आमाको दूधसँगै अरू साधारण खाना खान्छन्। तिनीहरूलाई पनि तातो बनाएर राख्नुपर्छ। खाना दिँदा मनतातो बनाएर दिनुपर्छ। जति उसले खान्छ त्यो बाँकी भएको खानापछि खुवाउनु हुँदैन। फलफूलहरू पनि मनतातो बनाएर दिनुपर्छ। जुसहरू पनि हल्का तातोपानीमा डुबाएर खुवाउनुपर्छ। सकेसम्म रुघाखोकी लागेको व्यक्तिले शिशुलाई छुनु हुँदैन।

स्कुल जाने बच्चाको कसरी ख्याल गर्ने त ?
पहिला आफ्नो बच्चालाई ज्वरो रुघाखोकी देखियो भने स्कुल पठाउनु हुँदैन। त्यसो गर्दा अरू बच्चामा सर्न पाउँदैन। रोगी बच्चालाई छुट्टै राख्यो भने यो रुघाखोकी धेरै सर्दैन। बच्चा पूर्ण रूपमा स्वस्थ छ भने मात्र स्कुल पठाउनु राम्रो हुन्छ। स्कुलको वातावरण कस्तो छ त्यो पनि बुझ्नुपर्छ। न्यानो बनाएर राखेको छ कि छैन। खाना पनि उनीहरूले कसरी खुवाएको छन् ? त्यो कुरामा ध्यान दिनुपर्यो र स्कुलबाट फर्केपछि उसलाई मनतातो पानीले पुछेर न्यानो कपडा लगाउने गर्दा बच्चालाई चिसोबाट बचाउन सकिन्छ।

बालबालिकामा कुनै पनि समस्या नआओस् भन्नका लागि के कुरामा ध्यान दिने ?
मुख्य कुरा बालबालिकालाई न्यानो कपडा लगाउने गर्नुपर्छ। बिहान बेलुका बाहिर नहिँडाउने, मनतातो पानीले नुहाएको दुई घण्टा जति घाममा राख्नुपर्छ। कोठाको तापक्रम न्यानो बनाउने, कोही बिरामी नै भयो भने घरैमा घरेलु उपचारमा ध्यान दिँदा राम्रो हुन्छ। डाक्टरको सल्लाह बिना कुनै पनि औषधि दिनुहुँदैन। सुरुमा घरेलु उपचारमै ध्यान दिनुपर्छ। तापक्रम मिलाएर राख्ने सकियो भने रुघा लाग्ने, सिँगान बग्ने समस्या कम हुन्छ। ज्वरो धेरै दिनसम्म आयो भने चिकित्सकको सल्लाहमा औषधि चलाउन सकिन्छ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : ०२ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान