भक्तपुरमा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट « Khabarhub

भक्तपुरमा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको कमलविनायकमा रहेको मिनीमार्ट र खाद्य पसलहरूको मंगलबार अनुगमन गरिएको छ ।

अनुगमनमा क्रममा लेबल नभएको सामानहरू धेरै भेटाएको संयोजक गोराले बताए । उनका अनुसार अनुगमनमा सर्वसुलभ उपभोक्ता सहकारी मिनी मार्टमा प्याकेजिङ सामानहरू खाद्य अनुज्ञा पत्र लिई लेबल राखी मात्र बिक्री वितरण गर्न र म्याद नाघेको सामानहरू जफत गरी नष्ट गरिएको छ ।

उनका अनुसार शिवम् ओम सप्लायर्सलाई प्याकेजिङ सामानहरू खाद्य अनुज्ञा पत्र लिई लेबल राखी मात्र बिक्रीवितरण गर्न, पसल नवीकरण गर्न, मूल्यसूची राख्न र सबै खाद्य अनुज्ञापत्र विना प्याकेजिङ सामानहरू सबै भएकाले तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ भने एस एण्ड एस स्टोरलाई नवीकरण गर्न, म्याद नाघेको सामानहरू दत्तात्रय खाद्य उद्योगको सोयाबोडी मस्यौरालगायत जफत गरिएको थियो ।

अनुगमनमा कार्यपालिका सदस्यहरू, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसरका प्रहरी, उद्योग वाणिज्य संघ, भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।  

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : ०४ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको