वरिष्ठ गायिका दिलमाया खातीको निधन « Khabarhub

वरिष्ठ गायिका दिलमाया खातीको निधन


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ गायिका दिलमाया खातीको ८४ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि दमको रोगबाट पीडित खातीको गएराति साढे ९ बजे निधन भएको हो।

सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी गायिका खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन्। उनी गोपाल योञ्जन, कर्म योञ्जन,रञ्जित गजमेर, शान्ति ठटाल, अरुणा लामाकी समकालीन हुन् ।

सोही वर्ष पहिलोपटक रेडियो नेपालमा गीत रेर्कड गराएकी उनी रेडियो नेपालले आयोजना गरेको संगीत प्रतियोगितामा प्रथम भएकी थिइन् । 

उनले १५० भन्दा बढी नेपाली गीतमा स्वर दिएकी छिन् । उनले गाएका एकल तथा युगल ‘बिछोडको पीडा नसकी खप्न’, ‘तिमी देख्दा रहर लागेर आउँछ’, ‘साउन फर्की’, ‘सम्झेर–बुझेर दिइहाल त्यो जोवन’लगायत गीत चर्चित छन्।

लामो समय शिक्षण पेशामा आबद्ध उनी अविवाहित थिइन् ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ९ : ५७ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली