एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित   « Khabarhub

एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित  


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ ।

चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो । 

सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक प्राप्त गर्ने टुङ्गो लागेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।

महिला कबड्डीतर्फ नेपालले पहिलो पटक एसियाली खेलकुदमा भाग लिएको हो ।

नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’ को विजेताका रुपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो । नेपाल र इरानसित पराजित भएको बङ्गलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । इरानले १८औँ एसियाली खेलकुदमा पनि महिला कबड्डीमा स्वर्णपदक जितेको थियो ।

यस्तै महिला कबड्डीतर्फ समूह ‘ए’ मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन् । नेपालले अब समूह ए’ को विजेता टोलीसित सेमिफाइनल खेल्ने छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १० : ०३ बजे

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ