आजको तरकारी तथा फलफूलको मूल्यसूची  « Khabarhub

आजको तरकारी तथा फलफूलको मूल्यसूची 


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ५२ रुपैयाँ, गोलभेडा सानो लोकल ४५, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ६०, काउली स्थानीय ८० रुपैयाँ, आलु रातो ५५, मुडे आलु रातो ५४, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ४०, घिरौँला ६० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३२० रुपैयाँ, बन्दा लोकल ६०, गाँजर १२०, मूला सेतो ४०, भान्टा डल्लो ४०, भान्टा लाम्चो २०, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ५०, ब्रोकाउली २५०, कागती २००, भिण्डी ५०, निगुरो ८०, रातो बन्दा ३५०, लोकल काँक्रो ६०, अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ४००, केरा दर्जनको १५०, अनार ३८०, नासपाती ९०, एभोकाडो २००, कालो अंगुर ४००, किवी २५०, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, लप्सी प्रतिकेजी ५० रुपैयाँ, हरियो धनियाँ १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०, परबर ४०, गुन्द्रुक प्रतिकेजी २५०, मटरकोसा २५०, भारतीय प्याज सुकेको ७४, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ९०, सरिफा २००, फुजी स्याँउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, पुदिना ५००, अमला ६०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ५०, बरेला ११०, कन्य च्याँउ ९०, तने बोडी प्रतिकेजी ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १० : ४६ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी