हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध « Khabarhub

हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– गए राति परेको वर्षासँगै आएको पहिरोका कारण  हेटौँडाबाट काठमाडौँ जोड्ने दुईवटा सडकखण्ड आज बिहानैबाट अवरुद्ध भएका छन् ।

पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्डअन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडामा पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीको भनाइ छ ।

यसैगरी पहिरोका कारण कुलेखानी–सिस्नेरी सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । 

दुवै सडकखण्डमा गएको पहिरो आज दिउँसो सम्ममा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ११ : ०७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस