‘कर्फ्यू’ का कारण सीमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै « Khabarhub

‘कर्फ्यू’ का कारण सीमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

खजुरा– नेपालगञ्जमा लागेको ‘कफ्र्यू’ का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ ।

कर्फ्यूका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताएका छन् । उनका अनुसार सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् ।

 यातायात व्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका सबै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन थालिएको हो । जमुनाहादेखि राँझासम्म पहिलो चरणमा करिब पाँच सय नेपाली पठाइएको प्रहरीले जनाएको छ । भारतबाट फर्केका नेपालीमध्ये रातीदेखि नाकामा अलपत्र परेका छन् ।

दसैँ नजिकिँदै गर्दा भारतमा कामका लागि गएका नेपाली फर्किने क्रम बढ्न थालेको छ । भारतको सिमला, दिल्ली, पञ्जाबलगायतका क्षेत्रमा नेपाली कामका लागि जाने गर्दछन् । कर्फ्यूपछि नेपालगञ्ज बजार बिहानैदेखि शान्त रहेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबार दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कफ्र्यू जारी गरेको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार आज बिहानसम्म कफ्र्यू उल्लङ्घनका घटना भएका छैनन् ।

यद्यपि केही व्यक्तिहरु बिहानको हिँडाइ (मर्निङवाक) मा निस्किएको देखिएको थियो । प्रहरीका अनुसार त्यस्ता व्यक्तिहरूलाई सम्झाइबुझाइ घर पठाइएको छ । 

कफ्र्यू उल्लङ्घन नगर्नका लागि प्रहरीले माइकिङ गरिरहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १ : २७ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ