अमेरिकी कांग्रेसका प्रतिनिधिमण्डलको भ्रमणलाई चीनले स्वागत गर्ने « Khabarhub

अमेरिकी कांग्रेसका प्रतिनिधिमण्डलको भ्रमणलाई चीनले स्वागत गर्ने


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले अमेरिकी सिनेटका बहुमत नेता चक सुमर र अन्य वरिष्ठ सांसदहरूको आसन्न भ्रमणको स्वागत गर्ने जनाएको छ । उक्त भ्रमणले आफ्नो मुलुकका बारेमा उनीहरूको ‘बुझाइ’ बढ्ने आशा गरिएको चीनले जनाएको ।

हालैका वर्षमा दुवै मुलुकबीच उच्चस्तरमा रहेको सुरक्षा र आर्थिक विषयको तनावलाई दुवै पक्षले मत्थर पार्ने प्रयास गरिरहेका बेला आगामी साता हुने उक्त प्रतिनिधिमण्डलको भ्रमण अमेरिकी अधिकारीहरूको चीन भ्रमणको शृङ्खलामा सबैभन्दा नयाँ हुनेछ । “यस भ्रमणले अमेरिकी कांग्रेसको चीनप्रतिको वस्तुनिष्ठ बुझाइलाई अभिवृद्धि गर्नेछ भन्ने हाम्रो अपेक्षा छ, यो भ्रमणलाई स्वागत गर्दछौँ”, चीनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

आसन्न भ्रमणले दुई मुलुकका विधायिका निकायबीचको वार्ता र आदानप्रदानलाई प्रवर्द्धन गर्ने तथा चीन–अमेरिकाबीचको विकासमा सकारात्मक पक्षलाई सामेल गर्ने आशा गरिएको पनि मन्त्रालयले जनाएको छ । सुमरको चीन भ्रमणमा रिपब्लिकन सिनेटर माइक क्र्याापो पनि सहभागी हुनेछन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार छ सदस्यीय प्रतिनिधिमण्डलले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ । साथै प्रतिनिधिमण्डलले चीनमा अमेरिकी व्यवसायहरूका लागि वातावरण निर्माण गर्नेदेखि लिएर मानव अधिकारसम्मका मुद्दाहरू उठाउन खोज्नेछ ।

सिनेटर सुमरको कार्यालयलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले चीन भ्रमणका क्रममा प्रतिनिधिमण्डल दक्षिण कोरिया र जापानमा पनि केहीबेर रहने जनाएको छ । हालै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन, अर्थमन्त्री ज्यानेट येलेन र जलवायु दूत जोन केरीको हालैको चीन भ्रमणपछि यो भ्रमण हुन लागेको हो ।

सुमर र उनका सहयोगी विधायकहरूले मे महिनामा चीनको अत्याधुनिक प्रविधि र लगानीको प्रवाहलाई सीमित गरेर चीनको बढ्दो विश्वव्यापी प्रभावसँग लड्न डेमोक्रेटिक र रिपब्लिकन दुवै दलको ठूलो प्रयासको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ६ : ०२ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त