सवारी दुर्घटनामा एकको मृत्यु नौ जना घाइते | Khabarhub Khabarhub

सवारी दुर्घटनामा एकको मृत्यु नौ जना घाइते


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मकवानपुरमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

धरान चतरा सडक खण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा आज दूध बोक्ने खाली ट्याङ्कर दुर्घटना हुदाँ हेटौँडा उपमहानगरपालिका–९ एचआइडी निवासी अन्दाजी ३४ वर्षका सिद्धान्त लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए।

हेटौँडाबाट बकैयातर्फ गइरहेको ना१घ ५४४ नम्बरको ट्याङ्कर गाडी तीनतलेमा सडकबाट आफैँ अनियन्त्रित भई एक सय मिटर तल खस्दा सख्त घाइते भएका लामालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको र उपचारको क्रममा मध्याह्न १२ बजे निधन भएको प्रहरी प्रवक्ता भण्डारीले बताए । दुर्घटनामा सहचालक धादिङ जिल्ला गजुरी निवासी ४५ वर्षका प्रेम अधिकारी भने घाइते भएका छन् । उनका दाहिने खुट्टाको घुडामा गहिरो चोट लागेको र उनको हेटाँैडा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

यसैबीच आजै मकवानपुरको हेटौँडामा ट्रकले म्याजिकलाई ठक्कर दिँदा नौ जना घाइते भएका छन् भने तीनको अवस्था गम्भीर रहेको छ । हेटौँडा उपमहानगरपालिका–१९ सान्नानीटारमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत सान्ननीटारमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज ३१६७ नम्बरको म्याजिकलाई सोही दिशाबाट आएको ना५ख ९६८४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा उक्त घटना भएको प्रहरी प्रवक्ता भण्डारीले बताए । सडक किनारमा रोकी यात्रु चढाईरहेको अवस्थामा म्याजिकलाई ट्रकले ठक्कर दिएको उनले बताए ।

घटनामा परी घाइते भएका हेटौँडा ११ थानाभञ्ज्याङका ३६ वर्षका विमल पुलामी मगर, हेटौँडा १९ नेवारपानीका लोकबहादुर मोक्तानकी दुई वर्षकी छोरी कुश्मी मोक्तान र सोही स्थानकी ५६ वर्षकी ठूलीमाया बम्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते मोक्तान र बम्जनलाई उपचारका लागि चितवन र बाँकी सातजनालाई उपचारका लागी हेटौँडा अस्पताल ल्याइएको प्रवक्ता भण्डारीले जानकारी दिए । ट्रक तथा म्याजिक चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ८ : ०८ बजे

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति वैधानिक, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई

चीन र भारतका बजारमा पहुँच पुर्‍याउने अवसर छ : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको भौगोलिक

‘सिधाकुरा’को ‘द डार्क फाइल’बारे काउन्सिल अध्यक्ष भन्छन् : प्रथम दृष्टिमै अपुष्ट र शंकास्पद थियो

काठमाडौं- ‘सिधाकुरा डटकम’ मा प्रकाशित ‘द डार्क फाइल’ श्रृंखलाका समाचारको

लगानी सम्मेलन : सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा

लगानी सम्मेलनमा निजी क्षेत्रले गरे प्रमुख आठ समझदारी

काठमाडौं – तेस्रो लगानी सम्मेलनको दोस्रो (अन्तिम) दिन साँझसम्म निजी