एमालेलाई कमजोर पार्न विभिन्न शक्तिहरु सक्रिय छन् : ओली « Khabarhub

एमालेलाई कमजोर पार्न विभिन्न शक्तिहरु सक्रिय छन् : ओली


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई कमजोर पार्न गुट उपगुट सिर्जना गर्ने प्रयास भईरहेको बताएका छन् ।

बुधवार विराटनगरमा आयोजना गरिएको एमाले कोशी प्रदेश समितिका निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई कमजोर पार्न पार्टी भित्र हुदै नभएको गुट उपगुट सिर्जना गर्ने प्रयास भईरहेको र हौवा फैलाउने कार्य भईरहेको बताएका हुन् ।

एमालेलाई विभाजन गराउन पार्टी भित्र दरार पैदा गर्न अहिले पनि देशी विदेशी शक्तिहरु लागिपरेकोले यस तर्फसचेत भएर हिड्न नेता कार्यकर्ताहरुलाई उनले निर्देशन दिए । उनले नेकपा एमालेको भिजन सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने र सवै क्षेत्रमा विकास गर्नुका साथै गरिबी निवारण गर्ने उदेश्य रहेको धारणा राखे ।

अध्यक्ष ओलीले लोकतान्त्रिक पार्टीमा आपसमा स्वस्थ प्रतिस्पर्धा हुनु र निर्वाचित हुनुलाई सामान्य ढंगले बुझ्न आग्रह गरे । कार्यक्रममा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ८ : २० बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि