पाकिस्तानमा प्रहरीले नै भत्कायो अहमदिया मुसलमानको प्रार्थानास्थल « Khabarhub

पाकिस्तानमा प्रहरीले नै भत्कायो अहमदिया मुसलमानको प्रार्थानास्थल


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा अल्पसङ्ख्यक अहमदिया सम्प्रदायका मुसलमानको प्रार्थानास्थलमा प्रहरीले तोडफोड गरेको घटना सार्वजनिक भएको छ । पाकिस्तानको लाहोर सहरस्थित शेइखुपुरा जिल्लामा प्रहरीले नै अहमदिया सम्प्रदायका मुसलमानले प्रार्थाना गर्ने तीन स्थानमा तोडफोड गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

डन अखबारलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार शेइखुपुरा जिल्लाको किर्तो, नानो दोगर र बेदादपुर विक्रनमा रहेका अहमदिया प्रार्थानास्थलमा तोडफोडको घटना भएको हो ।

तोडफोडका कारण ती प्रार्थानास्थलको मिनारमा क्षति पुगेको एएनआईले जनाएको छ ।

यसअघि पनि पाकिस्तानका विभिन्न सहरहरुमा अहमदिया सम्प्रदायका मुसलमानको प्रार्थानास्थलमा तोडफोड भएको समाचार सार्वजनिक भएको थियो । शेइखुपुरा जिल्लाका अहमदियाहरुले जिल्ला प्रहरीले आफूहरुको प्रार्थानास्थल भत्काइदिएको र आवश्यक सुरक्षा प्रदान गर्न असफल भएको आरोप लगाएका छन् ।

पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ । पछिल्ला केही वर्षयता पाकिस्तानमा अहमदियाहरुको करिब १५० चिहान भत्काइएको जनाइएको छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको एएनआईले जनाएको छ ।

 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १२ : ५६ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार