उपत्यकामा हुने कालोबजारी, अवाञ्छित गतिविधिको निगरानी गर्न प्रहरीलाई सर्कुलर | Khabarhub Khabarhub

उपत्यकामा हुने कालोबजारी, अवाञ्छित गतिविधिको निगरानी गर्न प्रहरीलाई सर्कुलर


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडपर्वमा हुनसक्ने अवाञ्चित गतिविधि, कालोबजारी, यातायात क्षेत्रमा हुने ठगीलगायत आपराधिक गतिविधि हुन नदिन विशेष निगरानीका लागि तीनै जिल्लाका प्रहरी र मातहतका युनिटलाई सर्कुलर जारी गरेको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्था मजबुद बनाउन आवश्यक सुरक्षा योजना निर्माणमा जुटेको उपत्यका प्रहरीले तीनै जिल्ला र मातहतका युनिटलाई विशेष चनाखोका साथ प्रहरी सेवा प्रावाह गर्न सर्कुलर जारी गरेको कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

उनले सबै युटिनलाई सुरक्षा योजनाका साथै उपत्यकालाई शान्ति सुरक्षा र भयरहितरुपमा चाडपर्व मनाउने वातावरण निर्माणमा प्रहरीको मुख्य भूमिका रहने भएकाले विशेष निगरानी बढाउनसमेत निर्देशन पनि दिएका छन् ।

कार्यालयले उपत्यकाको मातहतका युनिटलाई जारी गरेको सर्कुलरमा चाडपर्वका बेला हुनसक्ने कालोबजारी, अवाञ्चित गतिविधि, चोरी, तस्करी नियन्त्रण, ठगी लुटपाट, अवैध गतिविधि, गाडीको तीव्र गति, यातायातको टिकटमा महँगो शुल्क लिने तथा ठग्नेजस्ता गतिविधि नियन्त्रणमा लाग्न भनेको छ ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले कार्यालयबाट आवश्यक निर्देशन गइसकेको र प्रहरीले आआफ्नो क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त पारिसकेको बताए । उनका अनुसार उपत्यकाका लागि जनशक्ति थप गरी आवश्यक कार्य अघि बढाइसकिएको र केही जनशक्ति थप हुने क्रममा रहेका छन् ।

उपत्यकाको तीनै जिल्ला प्रहरी परिसरका प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसहितका सुरक्षा युनिटका प्रमुख तथा प्रतिनिधिलाई बोलाएर छुट्टै सुरक्षा योजना तयार गरी लागू गर्न पनि उपत्यका प्रहरीले निर्देशन दिएको छ ।

उपत्यकामा साविक सुरक्षा फौजमाथि गणमा रहेका सुरक्षाकर्मीसमेत थप गरेर चाडपर्वका बेला सुरक्षा निगरानी बढाउन थालिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ९ : १८ बजे

पहिराले मुग्लिन-मलेखु सडक अवरुद्ध

मुग्लिन– अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक

मुख्यमन्त्री सिंहले पाए विश्वासको मत, पक्षमा ६७ विपक्षमा ३४

जनकपुरधाम– मधेस प्रदेशको मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत पाएका छन्

 पृथ्वीराजमार्गको कल्भर्ड बाढीले बगायो, यातायात ठप्प

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि

विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने

देशका तीन नदीमा जलसतह खतराको तहमाथि, बागमती र कोशी अझ बढ्दै

काठमाडौं– शनिबार दिउँसो ३ बजेसम्म नेपालका तीन नदीको जल सतहले