आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै « Khabarhub

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै छ । स्वास्थ्य मन्त्रालयको आह्वानमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत हिजो खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो ।

सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रुपमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरेको छ ।

तर, यसपटक सो समयमा नेपालीहरूको महान पर्व बडादशैँ परेपछि पूर्व निर्धारित मिति सार्नु परेको थियो । जसका कारण यसपटक सो कार्यक्रम कात्तिक १७ र १८ गते राखिएको हो ।

अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कार्यक्रम अन्तर्गत १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरूलाई जुकाको औषधि पनि खुवाइने योजना रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : ५४ बजे

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको