कोसी सरकारबाट एमाले बाहिरियो, मन्त्री रानाले दिए राजीनामा « Khabarhub

कोसी सरकारबाट एमाले बाहिरियो, मन्त्री रानाले दिए राजीनामा


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमाले कोसी प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गराएपछि एमाले सरकारबाट बाहिरिएको हो ।

पार्टीको विरोध र असहमतिका बाबजुद शुक्रबार माओवादीका गणेश उप्रेती र समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाए पछि एमाले सरकारबाट बाहिरिएको हो ।

कोसी सरकारमा सहभागी एमाले संसदीय दलका उपनेता राम रानाले आज बिहान राजीनामा दिएसँगै एमाले औपचारिक रुपमा सरकारबाट बाहिरिएको हो । 

कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसको शेखर कोइराला समूहका ८ प्रदेश सांसदले समर्थन गरेका थिए । एमालेले माओवादीलाई सरकारमा सामेल गरे सरकार छोड्ने बताउँदै आएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : ५३ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने