भूकम्प अपडेट : १३३ जनाको मृत्यु, १४० जना घाइते « Khabarhub

भूकम्प अपडेट : १३३ जनाको मृत्यु, १४० जना घाइते


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी बलले जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा  परेकाहरूको खोज तथा उद्धारका लागि जाजरकोट र पश्चिम रुकुममा ३ सय ६७ जना सशस्त्र प्रहरी कर्मचारी परिचालन गरेको छ ।

हालसम्म भूकम्पमा परी जाजरकोटमा ९५ र पश्चिम रुकुममा ३८ जना गरी १ सय ३३ जनाको मृत्यु भएको छ । यस्तै घाइते हुनेको संख्या १४० जना रहेको छ भने  १५५ जनाको उद्धार गरिएको छ ।

भुकम्पमा परेकाहरूको खोज तथा उद्धारका लागि जाजरकोटमा सशस्त्र प्रहरी बल नेपाल नंं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट प्रादेशिक सशस्त्र प्रहरी निरीक्षक डा. निश्चल घिमिरेको कमाण्डमा ४ जना मेडिकल टोली खटाइएको छ ।

यस्तै, नं. ३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७० जना, नं. ४२ रिजर्भ गण बाँकेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २२ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित २५ जना, आश्रित गुल्म जाजरकोटबाट ७० जना र आश्रित गुल्म दैलेखबाट २५ जना गरी १ सय ९४ जना सशस्त्र प्रहरी कर्मचारीहरू उद्धार सामग्रीसहित खटिएको जनाइएको छ ।

यसैगरी, पश्चिम रुकुममा विभिन्न गण तथा गुल्मबाट १ सय ७३ जना सशस्त्र प्रहरी कर्मचारीहरू परिचालन भएका छन् ।

सशस्त्रले प्रभावित क्षेत्रहरूमा विपद् उद्धारका लागि दक्ष जनशक्ति समेत परिचालन गरेको छ भने अन्य युनिटहरुबाट समेत फौज परिचालनको लागि तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ११ : २७ बजे

भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने

एकै दिन दुई हजार एक सय जना एमालेमा प्रवेश

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई

रास्वपाकै शीर्ष तहबाट एकता भंग भएको हो : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा

एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत

काठमाडौं- शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्

विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं – विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून