आर्थिक

भूकम्प पीडितको उद्धार तथा राहतका लागि कांग्रेसले सरकारी कोषमा ५० लाख दिने  

By खबरहब

November 04, 2023

काठमाडौँ– नेपाली कांग्रेसले जाजरकोट भूकम्प पीडितका लागि उद्धार, राहत तथा पुनस्थापना लागि सरकारको कोषमा ५० लाख दिने घोषणा गरेको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल गरिएको छ ।

यस समयमा सरकार, राजनैतिक दलहरू, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न कांग्रेसले सबैमा आग्रह समेत गरेको छ । 

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको जनाएको छ ।