थप चिकित्सकीय जनशक्ति उपलब्ध गराउन तयार छौँ : चिकित्सक संघ « Khabarhub

थप चिकित्सकीय जनशक्ति उपलब्ध गराउन तयार छौँ : चिकित्सक संघ


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले जाजरकोटमा भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गरेको छ । संघले आज एक विज्ञप्ति निकाल्दै घटनाबाट घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

संघले उक्त प्राकृतिक विपत्तिका कारण विपतमा परेका नागरिकहरूको यथाशीघ्र उद्धार गरी घाइतेको उपचारमा संलग्न हुनका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकहरूलाई भूकम्पबाट प्रभावित जिल्लामा खटाई सकिएको जनाएको छ ।

राज्यलाई आवश्यक परेको अवस्थामा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन नेपाल चिकित्सक संघ भेरी शाखा, दाङ शाखा, जुम्ला शाखा र  सुर्खेत शाखाहरुसँग नियमित सम्पर्क भइरहेको र सोही अनुरूपको व्यवस्था गर्न शाखा कार्यालयहरूलाई परिचालित गरिएको संघले जनाएको छ ।

संघले प्राकृतिक विपत्तिको अवस्थामा राज्यको तर्फबाट अविलम्ब राहत तथा र उद्धार कार्यमा प्रभावकारी कदम चाल्न तथा घाइतेहरूको शीघ्र उपचारका लागि सम्पूर्ण व्यवस्था मिलाई उपचार प्रक्रियालाई प्रभावकारी तुल्याउन सरकार समक्ष माग समेत गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १२ : ५५ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले