थप चिकित्सकीय जनशक्ति उपलब्ध गराउन तयार छौँ : चिकित्सक संघ | Khabarhub Khabarhub

थप चिकित्सकीय जनशक्ति उपलब्ध गराउन तयार छौँ : चिकित्सक संघ


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले जाजरकोटमा भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गरेको छ । संघले आज एक विज्ञप्ति निकाल्दै घटनाबाट घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

संघले उक्त प्राकृतिक विपत्तिका कारण विपतमा परेका नागरिकहरूको यथाशीघ्र उद्धार गरी घाइतेको उपचारमा संलग्न हुनका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकहरूलाई भूकम्पबाट प्रभावित जिल्लामा खटाई सकिएको जनाएको छ ।

राज्यलाई आवश्यक परेको अवस्थामा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन नेपाल चिकित्सक संघ भेरी शाखा, दाङ शाखा, जुम्ला शाखा र  सुर्खेत शाखाहरुसँग नियमित सम्पर्क भइरहेको र सोही अनुरूपको व्यवस्था गर्न शाखा कार्यालयहरूलाई परिचालित गरिएको संघले जनाएको छ ।

संघले प्राकृतिक विपत्तिको अवस्थामा राज्यको तर्फबाट अविलम्ब राहत तथा र उद्धार कार्यमा प्रभावकारी कदम चाल्न तथा घाइतेहरूको शीघ्र उपचारका लागि सम्पूर्ण व्यवस्था मिलाई उपचार प्रक्रियालाई प्रभावकारी तुल्याउन सरकार समक्ष माग समेत गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १२ : ५५ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग